सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

विवाहपञ्चमी महोत्सव : तिलकोत्सव सम्पन्न आज मटकोर

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर ८, २०८२
|
|
३८ पटक हेरिएको
Shares
विवाहपञ्चमी महोत्सव : तिलकोत्सव सम्पन्न आज मटकोर

सारांश

  • सप्ताहव्यापी रुपमा मनाईने विवाहपञ्चमी महोत्सव अन्तर्गत चौथो दिन तिलकोत्सव सम्पन्न भएको छ ।
  • आइतबार जनकपुरधामको राममन्दिर प्राङ्गनमा तिलकोत्सव विधि सम्पन्न गर्नुका साथै जानकी मन्दिरका छोटे महन्थ राम रोशन दास र राम मन्दिरका महन्थ राम गीरिले सम्धी मिलन गरेका छन् ।
  • तिलकोत्सवका लागि जानकी मन्दिरबाट ‘भार’ लिएर जानकी मन्दिरका महन्थ रामरोशन दास वैष्णवसहितको टोली राम मन्दिर पुगेका थिए ।

८ मंसिर,जनकपुर ।

सप्ताहव्यापी रुपमा मनाईने विवाहपञ्चमी महोत्सव अन्तर्गत चौथो दिन तिलकोत्सव सम्पन्न भएको छ । आइतबार जनकपुरधामको राममन्दिर प्राङ्गनमा तिलकोत्सव विधि सम्पन्न गर्नुका साथै जानकी मन्दिरका छोटे महन्थ राम रोशन दास र राम मन्दिरका महन्थ राम गीरिले सम्धी मिलन गरेका छन् ।

तिलकोत्सवका लागि जानकी मन्दिरबाट ‘भार’ लिएर जानकी मन्दिरका महन्थ रामरोशन दास वैष्णवसहितको टोली राम मन्दिर पुगेका थिए । जानकी मन्दिरबाट फलफूल, मिष्ठान परिकार लगायतका सयौँ पाहुनाका साथ श्रद्धालुहरू राम मन्दिरको परिसरमामा आएर तिलकोत्सव कार्यक्रममा सहभागी भएका थिए । तिलकोत्सवको अवसरमा दुवै पक्षबीच सांगीतिक रुपमा मैथिली परम्परा अनुसार एक अर्कालाई गाली गरेर जिस्काएका थिए ।

अब आज विवाहपञ्चमीको पाँचौँ दिन माता सीताको मटकोर विधि हुनेछ । भोली मंगलबार स्वयमबर र विवाह महोत्सव हुनेछ भने बुधबार अन्तिम दिन रामकलेवा गरेर अयोध्याबाट आएका बारातीहरुलाई विदा गरी महोत्सव सम्पन्न हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?