अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले दिए राजीनामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक २५, २०८२
|
|
२१ पटक हेरिएको
Shares
अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले दिए राजीनामा

सारांश

  • अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले राजीनामा दिएका छन् ।
  • उनले २२ कात्तिकदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् ।
  • तीन दिनअघि नै रेग्मीले राजीनामा दिए पनि मंगलबारमात्रै राजीनामा पत्र बाहिरिएको छ ।

२५ कात्तिक, काठमाडौं ।

अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले राजीनामा दिएका छन् । उनले २२ कात्तिकदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् । तीन दिनअघि नै रेग्मीले राजीनामा दिए पनि मंगलबारमात्रै राजीनामा पत्र बाहिरिएको छ । गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले भारतबाहेक विभिन्न ११ देशमा कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

तर, सर्वोच्च अदालतले १६ कात्तिकमा राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । अदालतले निर्णय कार्यान्वयन नगर्न आदेश दिए पनि सरकारले राजदूतहरूलाई स्वदेश फर्किएर परराष्ट्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको थियो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?