बढी भाडा असुल्ने यातायात व्यवसायीलाई तत्काल कारबाही गर्न मन्त्री कुलमान घिसिङको निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन १५, २०८२
|
|
२५ पटक हेरिएको
Shares
बढी भाडा असुल्ने यातायात व्यवसायीलाई तत्काल कारबाही गर्न मन्त्री कुलमान घिसिङको निर्देशन

सारांश

  •   भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले तोकिएको वैधानिक भाडादरभन्दा बढी असुल्ने यातायात व्यवसायीलाई तत्कालै कारबाही गरिने बताएका छन्।
  •   चाडबाडको मौका छोपी स्वीकृत एवम् कानुनको प्रतिकूल हुने गरी निर्धारितभन्दा बढी भाडा लिइरहेको, टिकटको कालोबजारी गरेकोलगायत गुनासा यात्रुबाट निरन्तर आइरहेको उल्लेख गर्दै मन्त्री घिसिङले त्यस्ता यातायात व्यवसायीलाई तत्काल कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।
  • देशको विषम परिस्थितमा यातायात व्यवसायीलगायत सबै पक्ष जिम्मेवार बन्नु पर्नेमा यात्रुलाई अनावश्यक दुःख दिएर चाडबाडलाई कमाउने मौकाका रूपमा प्रयोग नगर्न, स्वीकृत भाडा दरभन्दा बढी असुल नगर्न र टिकटमा कालोबजारी नगर्न मन्त्री घिसिङले सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।

१५ असोज, काठमाडौं। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले तोकिएको वैधानिक भाडादरभन्दा बढी असुल्ने यातायात व्यवसायीलाई तत्कालै कारबाही गरिने बताएका छन्।  चाडबाडको मौका छोपी स्वीकृत एवम् कानुनको प्रतिकूल हुने गरी निर्धारितभन्दा बढी भाडा लिइरहेको, टिकटको कालोबजारी गरेकोलगायत गुनासा यात्रुबाट निरन्तर आइरहेको उल्लेख गर्दै मन्त्री घिसिङले त्यस्ता यातायात व्यवसायीलाई तत्काल कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।

देशको विषम परिस्थितमा यातायात व्यवसायीलगायत सबै पक्ष जिम्मेवार बन्नु पर्नेमा यात्रुलाई अनावश्यक दुःख दिएर चाडबाडलाई कमाउने मौकाका रूपमा प्रयोग नगर्न, स्वीकृत भाडा दरभन्दा बढी असुल नगर्न र टिकटमा कालोबजारी नगर्न मन्त्री घिसिङले सम्बन्धित पक्षलाई आग्रह गरेका छन्। यातायात व्यवसायीबाट त्यस्ता क्रियाकलाप गरेको पाइएमा तत्काल स्थानीय सुरक्षा निकाय र प्रशासनलाई खबर गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ र सहरी विकास मन्त्रालयको जिम्मेवारी पनि सम्हालिरहेका घिसिङले सर्वसाधारणलाई सुझाव दिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिकार गर्न हिँडेका २ जना भरुवा बन्दुकसहित पक्राउ, १ जना फरार
सिकार गर्न हिँडेका २ जना भरुवा बन्दुकसहित पक्राउ, १ जना फरार
विश्वकपको छनोटको तयारी: आज नेपाल कतारसँग भिड्दै
विश्वकपको छनोटको तयारी: आज नेपाल कतारसँग भिड्दै
राष्ट्रपति पौडेलसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस
राष्ट्रपति पौडेलसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस
एनसेलले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा आज पेशी
एनसेलले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा आज पेशी
साहसिक यात्राका लागि कञ्चनजङ्गा हिमाल, पर्यटकको रोजाइमा
साहसिक यात्राका लागि कञ्चनजङ्गा हिमाल, पर्यटकको रोजाइमा
भौतिक संरचना पुनर्निर्माणका लागि कोष खडा गर्ने मन्त्री घिसिङको घोषणा
भौतिक संरचना पुनर्निर्माणका लागि कोष खडा गर्ने मन्त्री घिसिङको घोषणा
शिक्षकहरूले सार्वजनिक गरे आन्दोलनका कार्यक्रम
शिक्षकहरूले सार्वजनिक गरे आन्दोलनका कार्यक्रम
पूर्णबहादुर खड्का नाममात्रको कार्यवाहक, सबै शक्ति शेरबहादुर देउवामा: गगन थापा
पूर्णबहादुर खड्का नाममात्रको कार्यवाहक, सबै शक्ति शेरबहादुर देउवामा: गगन थापा
जनता समाजवादी पार्टी सर्लाहीको कार्यालय उद्घाटन सम्पन्न
जनता समाजवादी पार्टी सर्लाहीको कार्यालय उद्घाटन सम्पन्न
रसुवा बाढी : सशस्त्र प्रहरीका कर्मचारीलाई सेनाको हेलिकोप्टरबाट उद्धार गरिँदै
रसुवा बाढी : सशस्त्र प्रहरीका कर्मचारीलाई सेनाको हेलिकोप्टरबाट उद्धार गरिँदै