एकतर्फी खुल्यो नारायणगढ-मुग्लिन सडकखण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन ५, २०८२
|
|
४४ पटक हेरिएको
Shares
एकतर्फी खुल्यो नारायणगढ-मुग्लिन सडकखण्ड

सारांश

  • नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलानेर खसेको पहिरो हटाइसकिएको छ ।
  • पहिरो हटाइसकेकाले सवारी आवागमन सुरु भएको छ ।
  • पहिरो खसेपछि गत शुक्रबारदेखि सडक पूर्णरुपमा अवरुद्ध भएको थियो ।

५ असोज, काठमाडौं ।

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलानेर खसेको पहिरो हटाइसकिएको छ । पहिरो हटाइसकेकाले सवारी आवागमन सुरु भएको छ । पहिरो खसेपछि गत शुक्रबारदेखि सडक पूर्णरुपमा अवरुद्ध भएको थियो ।

नारायणगढ र मुग्लिनतर्फबाट मेसिन प्रयोग गरी आज बिहान चार बजेदेखि पहिरो पन्छाउन सुरु गरिएको थियो ।आइतबार अपरान्ह सवा ४ बजेबाट राजमार्ग एकतर्फी सुचारु भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रतीक सिंहले जानकारी दिए । उनका अनुसार पहिरो पन्छाए पनि माथि भीरबाट ढुङ्गा तथा माटो खस्ने क्रम रोकिएको छैन ।अहिले पनि हल्का हल्का पहिरो खसिरहेको छ, यसले गर्दा जोखिम टरेको छैन, अहिलेलाई सडक एकतर्फी खुल्यो, सडक विभाग, ट्राफिक प्रहरी र नेपाल प्रहरीले समन्वय गरेर बाटो सुचारु गर्न अहरात्र खटेका छाैं,’ उनले भने ।

राजमार्ग बन्द हुँदा सयाैं यात्रु शुक्रबार साँझदेखि सडकमै अलपत्र परेका छन् । काठमाडाैं र पोखराबाट चितवनतर्फ प्रस्थान गरेका तथा चितवनबाट काठमाडाैं-पोखरातर्फ आउन लागेका यात्रुहरू सडकमै रोकिनु परेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपाको सचिवालय बैठक आज बस्ने
रास्वपाको सचिवालय बैठक आज बस्ने
सर्लाही-४ मा गगनलाई हराउँदै अमरेश सिंह निर्वाचित
सर्लाही-४ मा गगनलाई हराउँदै अमरेश सिंह निर्वाचित
फोहरबाट इन्टरलक र टायल उत्पादन सुरू
फोहरबाट इन्टरलक र टायल उत्पादन सुरू
चितवन दुर्घटना : घाइते ट्रक चालकको उपचारको क्रममा मृत्यु
चितवन दुर्घटना : घाइते ट्रक चालकको उपचारको क्रममा मृत्यु
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मनाङगाउँमा गुरु फुन्चोक रिम्पुछेले निर्माण गर्नु भएको मिलेरेपा पार्क
मनाङगाउँमा गुरु फुन्चोक रिम्पुछेले निर्माण गर्नु भएको मिलेरेपा पार्क
जग्गा घोटालामा टीकापुरका उपमेयर दोषी ठहर
जग्गा घोटालामा टीकापुरका उपमेयर दोषी ठहर
कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर
कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर
हेटौंडा सडक विस्तार छिटो अघि बढाउन ट्रक व्यवसायी महासंघको जोड
हेटौंडा सडक विस्तार छिटो अघि बढाउन ट्रक व्यवसायी महासंघको जोड
सडकमा किताब बेच्ने देखि मन्त्री सम्मको यात्रा, वैज्ञानिक महावीरले हाँक्नेछन् शिक्षा मन्त्रालय
सडकमा किताब बेच्ने देखि मन्त्री सम्मको यात्रा, वैज्ञानिक महावीरले हाँक्नेछन् शिक्षा मन्त्रालय