रौतहटमा नदीमा नुहाउने क्रममा डुबेर दुइ बालिकाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र २८, २०८२
|
|
५० पटक हेरिएको
Shares
रौतहटमा नदीमा नुहाउने क्रममा डुबेर दुइ बालिकाको मृ*त्यु

सारांश

  • जितिया पर्वको (नहायखाय)का लागि व्रतालुसंगै नदीमा नुहाउने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
  • गौर नगरपालिका–६ सवगढका ब्रतालुहरुसंगै लालबकैया नदीमा नुहाउन गएकी बालिकाको शनिबार बिहान डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
  • गौर नगरपालिका–६ बैजु साहको १० बर्षीया छोरी करिश्मा साह आमासंगै नुहाउने क्रममा शनिबार विहान डुबेर वेपत्ता भएको खवरपाएपछि नेपाली सेना, सशस्त्र प्रहरी ,नेपाल प्रहरी तथा स्थानीयले खोजी गरेका हुन् ।

२८ भदौ, रौतहट ।

जितिया पर्वको (नहायखाय)का लागि व्रतालुसंगै नदीमा नुहाउने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ । गौर नगरपालिका–६ सवगढका ब्रतालुहरुसंगै लालबकैया नदीमा नुहाउन गएकी बालिकाको शनिबार बिहान डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । गौर नगरपालिका–६ बैजु साहको १० बर्षीया छोरी करिश्मा साह आमासंगै नुहाउने क्रममा शनिबार विहान डुबेर वेपत्ता भएको खवरपाएपछि नेपाली सेना, सशस्त्र प्रहरी ,नेपाल प्रहरी तथा स्थानीयले खोजी गरेका हुन् ।

शनिबार बिहानदेखि खोजी गरेपनि दिउँसो बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणी गिरीले जानकारी दिए । जितिया पर्वको (नहायखाय) अर्थात पवित्र जलाशयमा नुहाएर चोखो खाना खाने दिन भएको हुँदा व्रतालुसंगै बालिका पनि नदीमा नुहाउन गएको उनले बताए । उनका अनुसार बालिकाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको छ  । यसैगरी लालबकैया नदीमा पौडी खेल्न तथा नुहाउन गएका इशनाथ नगरपालिका–१ का १५ बर्षीय विगन साहको पनि शनिबार बिहान शव फेला परेको एसपी गिरीले बताए ।

गत विहीबार साथीहरुसंग लालबकैया नदीमा पौडी खेल्न गएका साहको शव ८ किलोमिटर दक्षिणतर्फ भारतीय क्षेत्रमा फेला परेको उनले बताए । साहको शव ल्याउन भारतीय प्रहरीसंग समन्वय भइरहेको र घरका सदस्यहरु त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजावादीको समूह बानेश्वर प्रवेश गर्न खोज्दा तनाव
राजावादीको समूह बानेश्वर प्रवेश गर्न खोज्दा तनाव
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै
‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ मन्त्री श्रेष्ठ समक्ष पेश
‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ मन्त्री श्रेष्ठ समक्ष पेश
निजी विद्यालयलाई सम्पत्तिको हक छ, ढुक्क भएर लगानी गर्नुस् : प्रधानमन्त्री
निजी विद्यालयलाई सम्पत्तिको हक छ, ढुक्क भएर लगानी गर्नुस् : प्रधानमन्त्री
आजको मौसम: कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम: कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
ट्रम्पले बर्खास्त गरे झण्डै १० हजार संघीय कर्मचारी
ट्रम्पले बर्खास्त गरे झण्डै १० हजार संघीय कर्मचारी
मौसम र सडकको अवस्थाबारे जानकारी लिन कुलमानले बोलाए बैठक
मौसम र सडकको अवस्थाबारे जानकारी लिन कुलमानले बोलाए बैठक
सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक थ्रु’
सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक थ्रु’
बजेटमा कर्मचारीले गडबड गरे,अनुसन्धान गर्दैछौं :मुख्यमन्त्री सिंह
बजेटमा कर्मचारीले गडबड गरे,अनुसन्धान गर्दैछौं :मुख्यमन्त्री सिंह
होलीले आपसी सदभाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल
होलीले आपसी सदभाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल