रौतहटमा नदीमा नुहाउने क्रममा डुबेर दुइ बालिकाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र २८, २०८२
|
|
३२ पटक हेरिएको
Shares
रौतहटमा नदीमा नुहाउने क्रममा डुबेर दुइ बालिकाको मृ*त्यु

सारांश

  • जितिया पर्वको (नहायखाय)का लागि व्रतालुसंगै नदीमा नुहाउने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
  • गौर नगरपालिका–६ सवगढका ब्रतालुहरुसंगै लालबकैया नदीमा नुहाउन गएकी बालिकाको शनिबार बिहान डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
  • गौर नगरपालिका–६ बैजु साहको १० बर्षीया छोरी करिश्मा साह आमासंगै नुहाउने क्रममा शनिबार विहान डुबेर वेपत्ता भएको खवरपाएपछि नेपाली सेना, सशस्त्र प्रहरी ,नेपाल प्रहरी तथा स्थानीयले खोजी गरेका हुन् ।

२८ भदौ, रौतहट ।

जितिया पर्वको (नहायखाय)का लागि व्रतालुसंगै नदीमा नुहाउने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ । गौर नगरपालिका–६ सवगढका ब्रतालुहरुसंगै लालबकैया नदीमा नुहाउन गएकी बालिकाको शनिबार बिहान डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । गौर नगरपालिका–६ बैजु साहको १० बर्षीया छोरी करिश्मा साह आमासंगै नुहाउने क्रममा शनिबार विहान डुबेर वेपत्ता भएको खवरपाएपछि नेपाली सेना, सशस्त्र प्रहरी ,नेपाल प्रहरी तथा स्थानीयले खोजी गरेका हुन् ।

शनिबार बिहानदेखि खोजी गरेपनि दिउँसो बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणी गिरीले जानकारी दिए । जितिया पर्वको (नहायखाय) अर्थात पवित्र जलाशयमा नुहाएर चोखो खाना खाने दिन भएको हुँदा व्रतालुसंगै बालिका पनि नदीमा नुहाउन गएको उनले बताए । उनका अनुसार बालिकाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको छ  । यसैगरी लालबकैया नदीमा पौडी खेल्न तथा नुहाउन गएका इशनाथ नगरपालिका–१ का १५ बर्षीय विगन साहको पनि शनिबार बिहान शव फेला परेको एसपी गिरीले बताए ।

गत विहीबार साथीहरुसंग लालबकैया नदीमा पौडी खेल्न गएका साहको शव ८ किलोमिटर दक्षिणतर्फ भारतीय क्षेत्रमा फेला परेको उनले बताए । साहको शव ल्याउन भारतीय प्रहरीसंग समन्वय भइरहेको र घरका सदस्यहरु त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?