२६ जेष्ठ २०८२, आईतवार

भोजपुरमा एमाले अध्यक्ष ओलीलाई कालो झण्डा

२८ मंसिर, विराटनगर । भोजपुरको सदरमुकाम बजारमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाएका छन् ।

पहिचान पक्षधरहरूले नेकपा एमालेको सङ्कल्प यात्रामा बुधबार भोजपुर पुगेको अध्यक्ष ओलीविरुद्ध नाराबाजी गर्दै कालो झण्डा देखाएका हुन् । पहिचान पक्षधरहरूले एमाले पार्टी कार्यालय अगाडि विरोध प्रदर्शन समेत गरेका छन् । कालो झण्डा देखाउने पहिचान पक्षधर नेता कार्यकर्तालाई प्रहरीले  पक्राउ गरेको  जनता समाजवाद नेपालका सदस्य  तथा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले जानकारी दिए ।  उनका अनुसार पक्राउ पर्नेमा जसपा भोजपुरका जिल्ला उपाध्यक्ष मञ्जु राई  जिल्ला सदस्य दिनेश राई , धिरज राई, मणि राई, विद्यार्थी नेता धिरेन खिम्बू, तयाबङु राई र विकास रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0