जेन–जी प्रदर्शन : घाइतेको उद्धारमा खटियो काठमाडौं महानगरको टोली

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र २३, २०८२
|
|
३३ पटक हेरिएको
Shares
जेन–जी प्रदर्शन : घाइतेको उद्धारमा खटियो काठमाडौं महानगरको टोली

सारांश

  •    काठमाडौं महानगरपालिकाले जेन–जी प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचारमा सघाउने जनाएको छ ।
  • सोमबार काठमाडौंमा प्रदर्शनमा उत्रिएका जेन–जी युवाहरूमाथि सुरक्षाकर्मीले गोली प्रहार र लाठीचार्ज गरेपछि थुप्रै प्रदर्शनकारी घाइते भएका छन् ।
  • धेरैजसो घाइतेहरूलाई उपचारका लागि बानेश्वरस्थित सिभिल अस्पताल र महाकालस्थित ट्रमा सेन्टरमा लगिएको छ ।

२३ भदौ, काठमाडौं ।  

काठमाडौं महानगरपालिकाले जेन–जी प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचारमा सघाउने जनाएको छ । सोमबार काठमाडौंमा प्रदर्शनमा उत्रिएका जेन–जी युवाहरूमाथि सुरक्षाकर्मीले गोली प्रहार र लाठीचार्ज गरेपछि थुप्रै प्रदर्शनकारी घाइते भएका छन् । धेरैजसो घाइतेहरूलाई उपचारका लागि बानेश्वरस्थित सिभिल अस्पताल र महाकालस्थित ट्रमा सेन्टरमा लगिएको छ ।

अस्पतालमा घाइतेहरूको संख्या बढेपछि बेड अभावका कारण उपचारमा समस्या भएको ती अस्पतालले जानकारी दिएका छन् । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार नगर प्रहरीको टोलीले ती अस्पतालमा पुगेर घाइतेहरूको उद्धार र आवश्यक सहयोग गरिरहेको छ । मेयर बालेन शाहको निर्देशनमा नगर प्रहरी खटाइएको उनले  जानकारी दिए ।

घाइतेहरूलाई सिभिल र ट्रमामा उपचारका लागि ठाउँ नपुगेको अवस्थामा अन्य अस्पतालमा लैजान नगर प्रहरी खटिने उनले बताए । प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर ६ जनाको मृत्यु भएको छ । अहिले पनि प्रदर्शनकारीले माइतीघर, बानेश्वर, तिनकुने क्षेत्रमा प्रदर्शन जारी राखेका छन् । प्रशासनले बानेश्वर, मध्यबानेश्वर माइतीघर, शंखमुख क्षेत्रमा कुर्फ्यू आदेश जारी गरेपनि जेन–जी युवाहरूले अवज्ञा गरेर प्रदर्शन जारी राखेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ
बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ
प्रधानमन्त्री कार्कीले बोलाइन् शीर्ष नेताको बैठक
प्रधानमन्त्री कार्कीले बोलाइन् शीर्ष नेताको बैठक
भिजिट भिसा प्रकरण र अग्नि सापकोटाबीच कुनै साइनो छैन: प्रचण्ड
भिजिट भिसा प्रकरण र अग्नि सापकोटाबीच कुनै साइनो छैन: प्रचण्ड
सबै समुदायलाई अवसर दिएर बीपीले लोकतन्त्रको अभ्यास गरेका थिए : गगन थापा
सबै समुदायलाई अवसर दिएर बीपीले लोकतन्त्रको अभ्यास गरेका थिए : गगन थापा
२०३५ सालमा रेडियो चोरी गरेका व्यक्ति ४७ वर्षपछि पक्राउ
२०३५ सालमा रेडियो चोरी गरेका व्यक्ति ४७ वर्षपछि पक्राउ
अमेरिकामा गोली हानेर मृत्युदण्ड
अमेरिकामा गोली हानेर मृत्युदण्ड
हङकङमा हुने चारदेशीय टी-२०आई प्रतियोगिताका लागि अन्तिम टोली घोषणा
हङकङमा हुने चारदेशीय टी-२०आई प्रतियोगिताका लागि अन्तिम टोली घोषणा
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
वन हेरालु महतोको टाउको घटनास्थल देखि १०० मिटर टाढा भेटियो
वन हेरालु महतोको टाउको घटनास्थल देखि १०० मिटर टाढा भेटियो
राजसंस्था, हिन्दु धर्म, प्रदेश संरचना र प्रत्यक्ष कार्यकारीबारे जनमत संग्रह गर्नुपर्छः दुर्गा प्रसाईं
राजसंस्था, हिन्दु धर्म, प्रदेश संरचना र प्रत्यक्ष कार्यकारीबारे जनमत संग्रह गर्नुपर्छः दुर्गा प्रसाईं