२५ भाद्र २०८२, बुधबार

जनकपुरमा पनि जेनजीको प्रदर्शन

२३ भदौ, काठमाडौं ।

भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध मधेश प्रदेशको राजधानी जनकपुरमा पनि प्रदर्शन भएको छ ।

देशैभर आन्दोलनको घोषणा गरेका नयाँ पुस्ताका युवा (जेनजी)हरुले जनकपुरमा पनि प्रदर्शन गरेका हुन् । स्वत:स्फूर्त रुपमा जम्मा भएर उनीहरुले प्रदर्शन गरिरहेका छन् । जेनजीहरुले काठमाडौं, विराटनगर, बुटवललगायत देशका धेरै सहरहरूमा प्रदर्शन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment