निगमका कर्मचारीको आन्दोलन आठौँ दिन पनि जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर २७, २०८०
|
|
३१ पटक हेरिएको
Shares
निगमका कर्मचारीको आन्दोलन आठौँ दिन पनि जारी

सारांश

  • नागरिक उड्यन प्राधिकरणद्वारा नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याडलिङ खोस्ने निर्णयको बिरुद्धको धर्ना ८ औँ दिनपनि जारी छ ।
  • नागरिक उड्यन प्राधिकरणद्वारा नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याडलिङ खोस्ने निर्णयको बिरुद्ध संयुक्त ट्रेड युनियन संघर्ष समितिले धर्ना तथा बिरोधको कार्यक्रम जारी राखेको हो ।
  • बुधवार पनि समितिले धर्नालाई यथावत राखेको हो ।

२७ मंसिर, काठमाडौँ । नागरिक उड्यन प्राधिकरणद्वारा नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याडलिङ खोस्ने निर्णयको बिरुद्धको धर्ना ८ औँ दिनपनि जारी छ ।

नागरिक उड्यन प्राधिकरणद्वारा नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याडलिङ खोस्ने निर्णयको बिरुद्ध संयुक्त ट्रेड युनियन संघर्ष समितिले धर्ना तथा बिरोधको कार्यक्रम जारी राखेको हो । बुधवार पनि समितिले धर्नालाई यथावत राखेको हो । नागरिक उड्ययन प्राधिकरणको सो निर्णय फिर्ता नहुञ्जेलसम्म विरोधका कार्यक्रम जारी रहने संघर्ष समितिले जनाएको छ ।  धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल वायुसेवा निगम कर्मचारी युनियनका पूर्ववरिष्ठ उपाध्यक्ष डा. ऋषिकेश पन्थीले निजी हवाईजहाजसँग कमिसन खाएर राष्ट्रिय ध्वजावाहक जहाजलाई कमजोर बनाउन नहुने बताए । उनले नेपाल वायुसेवा निगमले कमाएको पैसा मुलुकभित्रै परिचालन हुने र पूँजि पलायन नहुने भन्दै यसले अर्थतन्त्रको विकासमा सघाउ पुर्याउने बताए । उनले आफूहरुले पूँजि पलायन रोक्नका लागि आन्दोलन गर्नुपरेको बताए । उनले आफूहरुको आन्दोलन राष्ट्रियताको आन्दोलन भएको पनि उल्लेख गरे ।

उनले भने, ‘निजी हवाइजहाज सबैसँग कमिसन खाने अनि राष्ट्रिय ध्वजावाहकलाई कमजोर बनाउन पाइन्छ ? पाइँदैन । यो नागरिकको संस्था हो । आज हामीले कमाएको पैसा यो मुलुकभित्र परिचालन हुने हो । अर्थतन्त्र विदेशी पुँजि पलायन हुँदैन । हामीले कमाएको पैसा यो मुलुकको समृद्धिमा लगानी गर्ने हो । यो मुलुकको विकास निर्माणमा लगानी गर्ने हो । नागरिकलाई सुविधा दिन लगानी गर्ने हो । त्यसैले यो पुँजि पलायन रोक्नका लागि पनि आन्दोलन हो । यो राष्ट्रियताको आन्दोलन हो । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षाको थ्रेट छ । यो राष्ट्रिय सुरक्षा र स्वतन्त्रताको प्रश्न जोडिएको विषय हो । डाटा सेक्युरिटीको कुरा हुन्छ । त्यसैले यो अन्तर्राष्ट्रियलाई दिने खेल ठूलो चलखेलमा भएको छ ।’ उनले आफूहरु विगत ८ दिनदेखि आन्दोलित हुँदापनि विभागिय मन्त्रीले कुनै चासो नदेखाएको बताए । उनले आफूहरुको माग सम्बोधनका लागि सरकार र विभागिय मन्त्री जिम्मेवार नबनेको भन्दै निरन्तर आन्दोलनमा जाने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडा निर्विरोध चयन
संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडा निर्विरोध चयन
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड घाइते
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड घाइते
सन्दीपको अमेरिका यात्रा आउँदो साता मात्र निश्चित हुने
सन्दीपको अमेरिका यात्रा आउँदो साता मात्र निश्चित हुने
शिक्षकका माग मन्त्रिपरिषद्‌बाट सम्बोधन गर्न सरकार सहमत
शिक्षकका माग मन्त्रिपरिषद्‌बाट सम्बोधन गर्न सरकार सहमत
एमालेको नयाँ पार्टी कार्यालयको जग्गाविरुद्ध सर्वोच्चमा रिट दर्ता
एमालेको नयाँ पार्टी कार्यालयको जग्गाविरुद्ध सर्वोच्चमा रिट दर्ता
घाइतेहरुलाई शरीरको भन्दापनि आन्दोलनको म्यान्डेटको चिन्ता छ : मन्त्री पुन
घाइतेहरुलाई शरीरको भन्दापनि आन्दोलनको म्यान्डेटको चिन्ता छ : मन्त्री पुन
पाकिस्तानमा हमलापछि भारतका ११ विमानस्थलमा उडान सञ्चालन बन्द
पाकिस्तानमा हमलापछि भारतका ११ विमानस्थलमा उडान सञ्चालन बन्द
भिजिट भिसा प्रकरण : १० दिनमा ६६६ जनालाई विमानस्थलबाट फर्काइयो
भिजिट भिसा प्रकरण : १० दिनमा ६६६ जनालाई विमानस्थलबाट फर्काइयो
सरकारी निकायलाई नयाँ गाडी किन्न अर्थको सहमति अनिवार्य
सरकारी निकायलाई नयाँ गाडी किन्न अर्थको सहमति अनिवार्य
गाजामा इजरायली आक्र*मणमा २५ प्यालेस्टिनीको मृ*त्यु
गाजामा इजरायली आक्र*मणमा २५ प्यालेस्टिनीको मृ*त्यु