सर्लाही प्रहरीद्धारा झन्डै १५ बिघामा लगाएको अवैध गाजा खेति नष्ट
२२ मंसिर, सर्लाही। सर्लाही जिल्लाको लालबन्दी १४ नारायण खोलाको विभिन्न स्थानमा लगाईएको अवैध गाँजा खेती फडानी गरिएको छ ।
जिल्लाका सम्पूर्ण सुरक्षा टोलीद्वारा लालबन्दी १४ नारायण खोलाको विभिन्न स्थानमा लगाईएको अवैध गाँजा खेती गोप्य सूचनाको आधारमा फडानी गरिएको छ । अबैध रुपमा लुकाईछिपाई नारायण खोलाको बिभिन्न स्थानमा करीब १५ बिघामा लगाएको अबैध गाँजाका बोट फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरिक्षक प्रबिण धितालले बताए । गाँजा फडानीका लागी अभियान नै सञ्चालन गरिएकोले विभिन्न ठाउँमा लगाईएका गाँजा खेती नसकिएसम्म फडानी कार्य जारी रहने एसपी धितालले बताए । गाँजा लागुऔषध भएकाले गाँजा खेति, उत्पादन, खरिद विक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐन अनुसार कारवाही हुने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1