सरकारलाई लेखा समितिको निर्देशन- लक्ष्य बनाएरै बेरुजु फर्छ्योट गर्नू

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण २३, २०८२
|
|
६० पटक हेरिएको
Shares
सरकारलाई लेखा समितिको निर्देशन- लक्ष्य बनाएरै बेरुजु फर्छ्योट गर्नू

सारांश

  •   सार्वजनिक लेखा समितिले सर्वाधिक बेरुजु हुने १० मन्त्रालयलाई आगामी दिनमा कार्ययोजना बनाएर लक्ष्य भेट्ने गरी फर्छ्योटमा लाग्न निर्देशन दिएको छ ।
  • शुक्रबार मन्त्रालयका अधिकारीहरूसँगको छलफलपछि लेखा समितिले बेरुजु लक्ष्य राखेर कम गर्ने, अब आइन्दा बेरुजु हुन नदिन बेरुजु फर्छ्योटलाई विभागीय अधिकारीहरूको कार्यसम्पादनसँग जोड्नसमेत भनेको छ ।
  •  प्रारम्भिक प्रतिवेदनमै लेखा अधिकारीहरूलाई गम्भीर बनाउनसमेत मन्त्रालयलाई भनेको छ ।

२३ साउन, काठमाडौं । 

सार्वजनिक लेखा समितिले सर्वाधिक बेरुजु हुने १० मन्त्रालयलाई आगामी दिनमा कार्ययोजना बनाएर लक्ष्य भेट्ने गरी फर्छ्योटमा लाग्न निर्देशन दिएको छ । शुक्रबार मन्त्रालयका अधिकारीहरूसँगको छलफलपछि लेखा समितिले बेरुजु लक्ष्य राखेर कम गर्ने, अब आइन्दा बेरुजु हुन नदिन बेरुजु फर्छ्योटलाई विभागीय अधिकारीहरूको कार्यसम्पादनसँग जोड्नसमेत भनेको छ । प्रारम्भिक प्रतिवेदनमै लेखा अधिकारीहरूलाई गम्भीर बनाउनसमेत मन्त्रालयलाई भनेको छ ।

विभिन्न कार्यालयमा सरुवा गरेर महालेखा नियन्त्रक कार्यालयले पठाउँदा विगत दुई आर्थिक वर्षमा कर्मचारीले गरेको कार्यसम्पादनको अवस्था हेर्नसमेत भनेको छ । ती कर्मचारीको अबको प्रतिबद्धता के हो ? उनीहरूसँग माग्नुपर्ने समिति सभापति ऋषिकेश पोखरेलले बताए ।  ‘विगत २ वर्षमा लेखा कर्मचारीले जहाँ-जहाँ बसेर काम गर्नुभयो, उहाँको कार्यसम्पादन के हो ? त्यो महालेखा नियन्त्रक कार्यालयले राख्नुपर्‍यो ।

अबको प्रतिबद्धता के हो त्यो पनि मागौँ,’ समिति सभापति पोखरेलले भने, ‘त्योसहितको प्रतिवेदन महालेखा नियन्त्रक कार्यालयले एउटा निश्चित समयभित्र प्रतिवेदन सार्वजनिक लेखा समितिलाई बुझाउनु पर्‍यो ।’  कुनै लेखा अधिकारीहरू निश्चित विभाग र मन्त्रालयमा दौडिने गरेको बताउँदै पोखरेलले ती अधिकारीले गरेको काम कारबाहीको हिसाब राख्न जरुरी रहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परराष्ट्रमन्त्री खनाल चीन भ्रमण जाँदै
परराष्ट्रमन्त्री खनाल चीन भ्रमण जाँदै
कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न कांग्रेसको माग
कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न कांग्रेसको माग
कांग्रेस कम्युनिस्टले देशमा सुशासन कायम गर्न नसक्दा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव
कांग्रेस कम्युनिस्टले देशमा सुशासन कायम गर्न नसक्दा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव
ठेक्का तोडिँदा बैंकिङ क्षेत्र प्रभावित हुन्छः कार्यकारी निर्देशक पौडेल
ठेक्का तोडिँदा बैंकिङ क्षेत्र प्रभावित हुन्छः कार्यकारी निर्देशक पौडेल
विद्युत आयोजना निर्माणको लागि उपकरणको सहज उपलब्धता गरिदिन इप्पानको आग्रह
विद्युत आयोजना निर्माणको लागि उपकरणको सहज उपलब्धता गरिदिन इप्पानको आग्रह
राष्ट्रिय प्रतिबद्धता लागि सरकारले सुझाव माग्यो, दलहरूले पठाएनन्
राष्ट्रिय प्रतिबद्धता लागि सरकारले सुझाव माग्यो, दलहरूले पठाएनन्
रास्वपा महामन्त्रीको जिम्मेवारी कविन्द्र बुर्लाकोटीलाई
रास्वपा महामन्त्रीको जिम्मेवारी कविन्द्र बुर्लाकोटीलाई
प्रधानमन्त्री ओलीविरूद्ध टुँडिखेलमा नाराबाजी गरेको आरोपमा दुई जना प्रहरीको नियन्त्रणमा
प्रधानमन्त्री ओलीविरूद्ध टुँडिखेलमा नाराबाजी गरेको आरोपमा दुई जना प्रहरीको नियन्त्रणमा
मध्यपहाडी लोकमार्गको सिन्धुली खण्ड अवरुद्ध
मध्यपहाडी लोकमार्गको सिन्धुली खण्ड अवरुद्ध
बङ्गलादेशको विमानस्थलमा बमको धम्की, हतारमा ओरालियो यात्रु
बङ्गलादेशको विमानस्थलमा बमको धम्की, हतारमा ओरालियो यात्रु