पर्यावरणीय असन्तुलन र मौसम परिवर्तनका कारण विपद्जन्य घटनाहरु बढेः गृहमन्त्री लेखक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण १, २०८२
|
|
२६ पटक हेरिएको
Shares
पर्यावरणीय असन्तुलन र मौसम परिवर्तनका कारण विपद्जन्य घटनाहरु बढेः गृहमन्त्री लेखक

सारांश

  • गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता रमेश लेखकले पर्यावरणीय असन्तुलन र मौसम परिवर्तनका कारण विपद्जन्य घटनाहरु बढ्दै गएको बताउनुभएको छ ।
  • बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा वातावरण तथा जलवायु परिर्वतन सरोकार सम्बन्धी विषयहरुमा आयोजित ३० दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
  • उहाँले विपद्जन्य जोखिमलाई न्युनिकरण गर्न नसके ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था रहेको बताउनु भयो ।

१ साउन, काठमाडौं ।

गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता रमेश लेखकले पर्यावरणीय असन्तुलन र मौसम परिवर्तनका कारण विपद्जन्य घटनाहरु बढ्दै गएको बताउनुभएको छ ।बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा वातावरण तथा जलवायु परिर्वतन सरोकार सम्बन्धी विषयहरुमा आयोजित ३० दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विपद्जन्य जोखिमलाई न्युनिकरण गर्न नसके ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था रहेको बताउनु भयो ।

उहाँले सबैले सचेतनापूर्वक विपद्जन्य जोखिमको न्युनिकरणमा लाग्न जरुरी रहेको बताउनु भयो । विपद् जोखिमलाई न्युनिकरण गर्ने र विपद् आइलाग्यो भने त्यसका लागि प्रतिकार्य गर्ने काममा सबै मिलेर लाग्नुपर्ने बताउनु भयो । पूर्वसूचना प्रणालीको विकास गर्न पनि आवश्यकता रहेको बताउनु भयो ।
गृहमन्त्री लेखकले भन्नुभयो, ‘पर्यावरणीय असन्तुलनका कारण, मौसम परिवर्तनका कारण जुन विपद्का जोखिमलाई बढाउँदै लगेको छ ।  यो जोखिमलाई हामीले यदी न्युनिकरण गर्न सकेनौँ, यसमा हामीले अत्यन्त गम्भीरतापूर्वक काम गर्न सकेनौँ भने नेपाल मात्रै होइन,

यो संसार नै भोलिका दिनमा ठूलो विपद् आइलाग्ने स्थिति छ । हामी विपद्को अत्यन्त ठूलो जोखिमको भूगोलमा छौँ । विपद् जोखिमलाई न्युनिकरण गर्ने र विपद् आइलाग्यो भने त्यसका लागि प्रतिकार्य गर्ने काम हामीले गर्नुपर्छ । पूर्वानुमानको सूचना समयमा प्रवाह गर्ने, पूर्वसूचना प्रणालीको विकास गर्ने । मानिसलाई पहिला नै सूचित गरेर समयमै सचेत गर्ने ।’ गृहमन्त्री लेखकले विपद् भइसकेपछि प्रतिकार्यको काममा पनि गम्भीर भएर लाग्नुपर्ने बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वोच्चको न्यायाधीशमा दुईजनाको नाम सिफारिस
सर्वोच्चको न्यायाधीशमा दुईजनाको नाम सिफारिस
विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक
विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
जनकपुरमा लिक क्रस गर्ने क्रममा रेल र कार ठोक्किए
जनकपुरमा लिक क्रस गर्ने क्रममा रेल र कार ठोक्किए
चार वर्षमा चट्याङबाट २३७ को मृ*त्यु, ९०८ जना घाइते
चार वर्षमा चट्याङबाट २३७ को मृ*त्यु, ९०८ जना घाइते
विगतका कमजोरीको समिक्षा गरेर सुधार गर्ने संकल्पसहित अघि बढौं: अध्यक्ष नेपाल
विगतका कमजोरीको समिक्षा गरेर सुधार गर्ने संकल्पसहित अघि बढौं: अध्यक्ष नेपाल
अखिल क्रान्तिकारीको मतदान विवाद मिलाउन माओवादीले बोलायो पदाधिकारी बैठक
अखिल क्रान्तिकारीको मतदान विवाद मिलाउन माओवादीले बोलायो पदाधिकारी बैठक
काठमाडौँ महानगरमा तनाव : प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई हाजिर गराउन रोक, नगर प्रहरी तैनाथ
काठमाडौँ महानगरमा तनाव : प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई हाजिर गराउन रोक, नगर प्रहरी तैनाथ
विकासको गतिमा देश अगाडि बढेको छ : प्रधानमन्त्री
विकासको गतिमा देश अगाडि बढेको छ : प्रधानमन्त्री
सर्वोच्चद्वारा काठमाडौंमा जारी निषेधाज्ञा विरुद्धको रिट दर्ता गर्न अस्वीकार
सर्वोच्चद्वारा काठमाडौंमा जारी निषेधाज्ञा विरुद्धको रिट दर्ता गर्न अस्वीकार