९ श्रावण २०८२, बिहीबार

इराकको शपिङ मलमा भीषण आगलागी, ६१ जनाको मृ*त्यु

१ साउन, काठमाडौं । 

इराकको कात शहरको एक शपिङ मलमा भएको भीषण आगलागीमा ६१ जनाको मृत्यु भएको छ । अल जजिराका अनुसार मल भित्र रहेका ४५ जना भन्दा बढीको उद्धार गरिएको छ । इराकको सरकारी मिडियाका अनुसार धेरै मानिसहरूको मृत्यु भएको छ र धेरै घाइते भएका छन् ।

यो मल पाँच दिन अघि मात्र खोलिएको थियो । बुधबार राति मलमा आगलागी भएको थियो, जुन अहिले नियन्त्रणमा आएको छ । उद्धारकर्मीहरूले अझै पनि बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका छन् । सरकारले घटनापछि देशमा तिन दिनको शोकको घोषणा गरेको छ भने आगलागीको कारण पट्ट लगाउन आयोग गठन गरेको रिपोर्टमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?