राजनीतिमा दह्रो खुट्टा टेक्न मधेस आइपुगेको छु: रवि लामिछाने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर ८, २०८०
|
|
३६ पटक हेरिएको
Shares
राजनीतिमा दह्रो खुट्टा टेक्न मधेस आइपुगेको छु: रवि लामिछाने

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आजबाट तीन दिने मधेस थालेका छन् ।
  • पार्टी सभापति लामिछानेले सांसद मनिष झालाई साथमा लिएर आठ जिल्लाको तीन दिने  यात्रा थालेका हुन् ।
  • पहिलो दिन बारा र पर्सामा लामिछानेले सम्बोधन गरेका छन् ।

८ मंसिर, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आजबाट तीन दिने मधेस थालेका छन् ।

पार्टी सभापति लामिछानेले सांसद मनिष झालाई साथमा लिएर आठ जिल्लाको तीन दिने  यात्रा थालेका हुन् । पहिलो दिन बारा र पर्सामा लामिछानेले सम्बोधन गरेका छन् । लामिछानेले पर्साको वीरञ्जगमा आज कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गरेका थिए । नेपाली राजनीतिमा दह्रो खुट्टा टेक्न मधेस आइसकेको उनले बताए । ‘यो देशको भविष्य र मधेसको भविष्य बनाउन एकसय एक सक्षम युवा लिएर अगाडि बढ्छौँ ,’ उनले भने । मधेसका मुद्दालाई विगतमा पनि महत्त्व दिए पनि आफूलाई मधेस विरोधी भनिएको लामिछानेको गुनासो थियो । मलाई पहिलेदेखि मधेस प्रति सहिष्णु छैन । मधेसप्रति चासो राख्दैन । मधेस विरोधी हो भनेर आरोप लगाइन्थ्यो । तर, मैले टेलिभिजनमा सबैभन्दा बढी मधेसको मुद्दा उठाउँथेँ,’ उनले भने, ‘चाहे मिटरब्याजीको कुरा होस, चाहे विदेशमा अलपत्र परेका युवालाई नेपाल ल्याउने कुरा होस् ।’

आफूमाथि उठेको प्रश्नको जवाफ कर्मबाट दिने निर्णय गरेको उनको भनाइ छ । मधेसलाई अब नेता उत्पादन गर्ने कारखाना होइन कृषि कारखाना बनाउनुपर्ने लामिछानेले बताए । यस्तै लामिछानेले दुर्गा प्रसाईंको आन्दोलनमा सरकारले गरेको निषेधपूर्ण व्यवहारको विरोध गरेका थिए । भोलि दोस्रो दिन लामिछानेको कार्यक्रम रौतहट–सर्लाहीमा हुने छ । यस्तै रास्वपाले तेस्रो दिन सिराहा, सप्तरी र महोत्तरीमा सभा गर्ने सांसद मनिष झाले बताए । मधेस यात्राका क्रममा मधेस प्रदेशकै राजधानी जनकपुर तथा धनुषा जिल्लामा भने सभा छैन । ‘धनुषामा अहिले सभा हुँदैन । अहिले सभा गर्दा कोणसभा जस्तो मात्र हुन्छ । केही समयपछि मधेस प्रदेशका आठै जिल्लामा मान्छे उतारेर ठुलो सभा गर्न चाहन्छौँ,’ झा भन्छन् । यद्यपि मङ्सिर १४ गते बिहान धनुषामा रास्वपाको प्रदेश कार्यालय उद्घाटनको कार्यक्रम छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक सुरक्षा कोषले गर्‍यो आठ अर्ब भुक्तानी
सामाजिक सुरक्षा कोषले गर्‍यो आठ अर्ब भुक्तानी
सुकुना र काली खोलाको बाढीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध, ४०० बढी विस्थापित
सुकुना र काली खोलाको बाढीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध, ४०० बढी विस्थापित
सर्वोच्चका ३ प्रस्तावित न्यायाधीशविरुद्ध ७ उजुरी
सर्वोच्चका ३ प्रस्तावित न्यायाधीशविरुद्ध ७ उजुरी
वीरगञ्जको मुर्लीमा हैजाको आशङ्का, २८ जनामा संक्रमण देखिएपछि स्वास्थ्य टोली परिचालन
वीरगञ्जको मुर्लीमा हैजाको आशङ्का, २८ जनामा संक्रमण देखिएपछि स्वास्थ्य टोली परिचालन
सरकारी वकिलको कार्यालयमा आगजनी
सरकारी वकिलको कार्यालयमा आगजनी
प्रतिशोधपूर्ण रूपमा पक्राउ गरियो, कानुनी लडाइँ लड्छु : पूर्वप्रधानमन्त्री ओली
प्रतिशोधपूर्ण रूपमा पक्राउ गरियो, कानुनी लडाइँ लड्छु : पूर्वप्रधानमन्त्री ओली
बागमती र गण्डकीका केही ठाउँमा भारी वर्षा हुने, तराई-मधेशमा हावाहुरी
बागमती र गण्डकीका केही ठाउँमा भारी वर्षा हुने, तराई-मधेशमा हावाहुरी
कोशी प्रदेशले ल्यायो ३५ अर्ब २७ करोडको बजेट
कोशी प्रदेशले ल्यायो ३५ अर्ब २७ करोडको बजेट
मिटरब्याज पीडित र सरकारीबिच आजै सम्झौता पत्रमा हस्ताक्षरको तयारी
मिटरब्याज पीडित र सरकारीबिच आजै सम्झौता पत्रमा हस्ताक्षरको तयारी
बोसनिया र मलेसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ
बोसनिया र मलेसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ