११ श्रावण २०८२, शनिबार

राजनीतिमा दह्रो खुट्टा टेक्न मधेस आइपुगेको छु: रवि लामिछाने

८ मंसिर, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आजबाट तीन दिने मधेस थालेका छन् ।

पार्टी सभापति लामिछानेले सांसद मनिष झालाई साथमा लिएर आठ जिल्लाको तीन दिने  यात्रा थालेका हुन् । पहिलो दिन बारा र पर्सामा लामिछानेले सम्बोधन गरेका छन् । लामिछानेले पर्साको वीरञ्जगमा आज कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गरेका थिए । नेपाली राजनीतिमा दह्रो खुट्टा टेक्न मधेस आइसकेको उनले बताए । ‘यो देशको भविष्य र मधेसको भविष्य बनाउन एकसय एक सक्षम युवा लिएर अगाडि बढ्छौँ ,’ उनले भने । मधेसका मुद्दालाई विगतमा पनि महत्त्व दिए पनि आफूलाई मधेस विरोधी भनिएको लामिछानेको गुनासो थियो । मलाई पहिलेदेखि मधेस प्रति सहिष्णु छैन । मधेसप्रति चासो राख्दैन । मधेस विरोधी हो भनेर आरोप लगाइन्थ्यो । तर, मैले टेलिभिजनमा सबैभन्दा बढी मधेसको मुद्दा उठाउँथेँ,’ उनले भने, ‘चाहे मिटरब्याजीको कुरा होस, चाहे विदेशमा अलपत्र परेका युवालाई नेपाल ल्याउने कुरा होस् ।’

आफूमाथि उठेको प्रश्नको जवाफ कर्मबाट दिने निर्णय गरेको उनको भनाइ छ । मधेसलाई अब नेता उत्पादन गर्ने कारखाना होइन कृषि कारखाना बनाउनुपर्ने लामिछानेले बताए । यस्तै लामिछानेले दुर्गा प्रसाईंको आन्दोलनमा सरकारले गरेको निषेधपूर्ण व्यवहारको विरोध गरेका थिए । भोलि दोस्रो दिन लामिछानेको कार्यक्रम रौतहट–सर्लाहीमा हुने छ । यस्तै रास्वपाले तेस्रो दिन सिराहा, सप्तरी र महोत्तरीमा सभा गर्ने सांसद मनिष झाले बताए । मधेस यात्राका क्रममा मधेस प्रदेशकै राजधानी जनकपुर तथा धनुषा जिल्लामा भने सभा छैन । ‘धनुषामा अहिले सभा हुँदैन । अहिले सभा गर्दा कोणसभा जस्तो मात्र हुन्छ । केही समयपछि मधेस प्रदेशका आठै जिल्लामा मान्छे उतारेर ठुलो सभा गर्न चाहन्छौँ,’ झा भन्छन् । यद्यपि मङ्सिर १४ गते बिहान धनुषामा रास्वपाको प्रदेश कार्यालय उद्घाटनको कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?