तराई–मधेसको सिंचाई र खानेपानीको समस्याप्रति सरकार गम्भीर छैनः सांसद यादव

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ २६, २०८२
|
|
२५ पटक हेरिएको
Shares
तराई–मधेसको सिंचाई र खानेपानीको समस्याप्रति सरकार गम्भीर छैनः सांसद यादव

सारांश

  • नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवले तराई–मधेश क्षेत्रमा रहेको खानेपानी र सिंचाईको समस्या समाधान गर्ने सवालमा सरकार गम्भिर नदेखिएको भन्दै संसदीय समितिको ध्यानकर्षण गराउनुभएको छ ।
  • प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बिहीवारको बैठकमा बोल्दै सांसद यादवले यस्तो तराई क्षेत्रको सिंचाइ, मल र खानेपानीको समस्या समाधानतर्फ कुनैपनि तहको सरकार गम्भिर नरहेको बताउनुभएको हो ।
  • तराईलाई अन्नको भण्डार भनिएपनि पर्याप्त सिंचाई सुविधा नहुँदा हालसम्म २० प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको यादवको भनाइ छ ।

२६ असार, काठमाडौं ।

नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवले तराई–मधेश क्षेत्रमा रहेको खानेपानी र सिंचाईको समस्या समाधान गर्ने सवालमा सरकार गम्भिर नदेखिएको भन्दै संसदीय समितिको ध्यानकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बिहीवारको बैठकमा बोल्दै सांसद यादवले यस्तो तराई क्षेत्रको सिंचाइ, मल र खानेपानीको समस्या समाधानतर्फ कुनैपनि तहको सरकार गम्भिर नरहेको बताउनुभएको हो ।

तराईलाई अन्नको भण्डार भनिएपनि पर्याप्त सिंचाई सुविधा नहुँदा हालसम्म २० प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको यादवको भनाइ छ । उहाँले मौलिक हकमै उल्लेख गरिएको खानेपानीका समस्या समाधान गर्न समेत संघ, प्रदेश र स्थानीय तहको सरकार गम्भिर हुन नसकेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सिंचाईं, खानेपानी र मलको विषयमा गम्भिरप्रश्न रहेको छ । नेपाल कृषि प्रधान देश हो । हिमाल, पहाड र तराई भएको देश हो । सबै ठाउँमा आफ्नै कृषि प्रणाली र रहनसहन छन् । तराईलाई अन्न भण्डार भनिन्छ तर त्यहाँ पानी परेको छैन, तिब्बत आएको पानीले बाढी आएको छ ।

त्यहाँ अहिले २० प्रतिशत मात्रै रापाइँ भएको छ । अहिले पानीका मुहानहरु सुकिसकेछन् । यसमा सरकार गम्भिर भएको छैन । तराई–मधेसमा रहेको खानेपानीको समस्यामा तीन तहको सरकार नै गम्भिर देखिदैन । तराई–मधेसको खानेपानीको समस्या समाधान गर्न संघीय सरकारले समितिले देओस् ।’उहाँले समयमै मल वितरण नगरी सरकारले वर्षेनी किसानलाई धोका दिइरहेको पनि आरोप लगाउनु भयो । उहाँले किसानलाई समयमै मल उपलब्ध गराउन आवश्यक पहलकदमी लिन समेत सरकारसँग आग्रह गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?