एसीसी यू–१६ इस्ट जोन कपः उपाधिका लागि आज नेपाल र सिंगापुर भिड्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ २१, २०८२
|
|
४० पटक हेरिएको
Shares
एसीसी यू–१६ इस्ट जोन कपः उपाधिका लागि आज नेपाल र सिंगापुर भिड्दै

सारांश

  •   एसीसी पुरुष यू–१६ इस्ट जोन कपको उपाधिका लागि आज नेपाल र सिगांपुर भिड्दैछन्।
  • मलेसियाको बाँगीस्थित वाईएसडी यूकेएम ओभलमा हुने खेल शनिबार बिहान पौने ८ बजे सुरु हुनेछ।
  •   प्रतियोगितामा नेपाल र सिंगापुर दोस्रो पटक भेट्न लागेका हुन्।

२१ असार, काठमाडौं । 

एसीसी पुरुष यू–१६ इस्ट जोन कपको उपाधिका लागि आज नेपाल र सिगांपुर भिड्दैछन्। मलेसियाको बाँगीस्थित वाईएसडी यूकेएम ओभलमा हुने खेल शनिबार बिहान पौने ८ बजे सुरु हुनेछ।  प्रतियोगितामा नेपाल र सिंगापुर दोस्रो पटक भेट्न लागेका हुन्। एकै समूहमा रहेको नेपालले समूह चरणको पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराएको थियो।  बिहीबार भएको पहिलो सेमिफाइनलमा साविक उपविजेता मलेसियालाई ९ विकेटले हराउँदै नेपाली युवा टोली उपाधि नजिक पुगेको हो।

मलेसियाले दिएको ९१ रनको झिनो लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। बिहीबार नै भएको दोस्रो सेमिफाइनलमा हङकङलाई ४ विकेटले हराउँदै सिंगापुरले नेपालसँगको भेट पक्का गरेको थियो।  प्रतियोगितामा तेस्रो स्थानका लागि आजै खेल हुनेछ। तेस्रो स्थानका लागि थाइल्यान्ड र म्यानमार भिड्दैछन्। सो खेल क्वालालाम्पुरको सेनांगर टर्फ क्लबमा बिहान पौने ८ बजे नै सुरु हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको यी स्थानहरुमा चट्याङ्ग सहित वर्षाको सम्भावना
आजको यी स्थानहरुमा चट्याङ्ग सहित वर्षाको सम्भावना
स्वास्थ्यजन्य सामग्रीहरुको न्यून दररेट दाबी गर्न बोर्डको निर्देशन
स्वास्थ्यजन्य सामग्रीहरुको न्यून दररेट दाबी गर्न बोर्डको निर्देशन
स्टाफ कलेज कोर्सले प्रहरीमा असल नेतृत्व निर्माण गर्नेछ: गृहमन्त्री लेखक
स्टाफ कलेज कोर्सले प्रहरीमा असल नेतृत्व निर्माण गर्नेछ: गृहमन्त्री लेखक
भाँडी खोलामा पहिरो खसेपछि मेची राजमार्ग अवरुद्ध
भाँडी खोलामा पहिरो खसेपछि मेची राजमार्ग अवरुद्ध
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
इन्धनको मूल्य घटेसँगै बजार मूल्य घटाउन सरकारको आग्रह
इन्धनको मूल्य घटेसँगै बजार मूल्य घटाउन सरकारको आग्रह
निर्वाचन सुरक्षाका लागि एक लाख २० हजार म्यादी प्रहरी भर्ती गर्ने निर्णय
निर्वाचन सुरक्षाका लागि एक लाख २० हजार म्यादी प्रहरी भर्ती गर्ने निर्णय
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकविरुद्ध सुधन गुरुङको किटानी जाहेरी, प्रहरीद्वारा दर्ता अस्वीकार
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकविरुद्ध सुधन गुरुङको किटानी जाहेरी, प्रहरीद्वारा दर्ता अस्वीकार
नेपाल र भुटानले जलवायु परिवर्तनसम्बन्धी विषयमा सहकार्यलाई थप मजबुत बनाउनुपर्ने
नेपाल र भुटानले जलवायु परिवर्तनसम्बन्धी विषयमा सहकार्यलाई थप मजबुत बनाउनुपर्ने