८ श्रावण २०८२, बुधबार

एसीसी यू–१६ इस्ट जोन कपः उपाधिका लागि आज नेपाल र सिंगापुर भिड्दै

२१ असार, काठमाडौं । 

एसीसी पुरुष यू–१६ इस्ट जोन कपको उपाधिका लागि आज नेपाल र सिगांपुर भिड्दैछन्। मलेसियाको बाँगीस्थित वाईएसडी यूकेएम ओभलमा हुने खेल शनिबार बिहान पौने ८ बजे सुरु हुनेछ।  प्रतियोगितामा नेपाल र सिंगापुर दोस्रो पटक भेट्न लागेका हुन्। एकै समूहमा रहेको नेपालले समूह चरणको पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराएको थियो।  बिहीबार भएको पहिलो सेमिफाइनलमा साविक उपविजेता मलेसियालाई ९ विकेटले हराउँदै नेपाली युवा टोली उपाधि नजिक पुगेको हो।

मलेसियाले दिएको ९१ रनको झिनो लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। बिहीबार नै भएको दोस्रो सेमिफाइनलमा हङकङलाई ४ विकेटले हराउँदै सिंगापुरले नेपालसँगको भेट पक्का गरेको थियो।  प्रतियोगितामा तेस्रो स्थानका लागि आजै खेल हुनेछ। तेस्रो स्थानका लागि थाइल्यान्ड र म्यानमार भिड्दैछन्। सो खेल क्वालालाम्पुरको सेनांगर टर्फ क्लबमा बिहान पौने ८ बजे नै सुरु हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?