मकवानपुरमा ईभी गाडी दुर्घटना हुँदा ५ जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ २०, २०८२
|
|
२४ पटक हेरिएको
Shares
मकवानपुरमा ईभी गाडी दुर्घटना हुँदा ५ जना घाइते

सारांश

  • यहाँको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ रातमाटेस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा ईभी गाडी दुर्घटना हुँदा पाँच जना यात्रु घाइते भएका छन् ।
  • शुक्रबार दिउँसो हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको म.
  • प्र.

२० असार, मकवानपुर ।

यहाँको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ रातमाटेस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा ईभी गाडी दुर्घटना हुँदा पाँच जना यात्रु घाइते भएका छन् । शुक्रबार दिउँसो हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको म.प्र.०३–००१ ज ०५५१ नम्बरको ईभी गाडी घुम्तीमा ब्रेक हान्दा टायर चिप्लिएर करिब १५ मिटर तल खसेको मकवानपुर प्रहरीले जनाएको छ ।  दुर्घटनामा १० जना सवारमध्ये ५ जना घाइते भएका छन् ।

घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।घटनापछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो। गम्भीर घाइतेलाई उद्धार गरी थप उपचारका लागि काठमाडौँ पठाइएको र गाडी चालक पर्साको परमानीपुर गाउँपालिका वडा नम्बर २ निवासी राजाराम साह प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर ३ का ३५वर्षीय चन्द्र सन्जु गौर, भारतको विहारका ३९ वर्षीय रिसाहद कुमार र भारत विहारकै ३५ वर्षीय उमा शंकर कुमारको अवस्था गम्भीर रहेको छ । यस्तै भारतको विहारका २७ वर्षीय जताशंकर कुमार र ५० वर्षीय राकेश कुमारको अवस्था सामान्य रहेको छ । उनीहरूलाई उपचारका लागि काठमाडौँ पठाइएको प्रवक्ता अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आमा-छोरा हत्या घटनाः अनुसन्धानमा खटिए प्रहरी
आमा-छोरा हत्या घटनाः अनुसन्धानमा खटिए प्रहरी
रिङ्कु सदालाई न्याय दिलाउन सहयोग गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता
रिङ्कु सदालाई न्याय दिलाउन सहयोग गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता
डिजिटल अधिकारमा एकपक्षीय नीति नै मुख्य चुनौती : तारानाथ दाहाल
डिजिटल अधिकारमा एकपक्षीय नीति नै मुख्य चुनौती : तारानाथ दाहाल
बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद
बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद
प्रधानमन्त्री कार्कीले बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्ने
प्रधानमन्त्री कार्कीले बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्ने
सर्लाही प्रहरीद्वारा एकै दिनमा ४० बिघा गाँजा फडानी
सर्लाही प्रहरीद्वारा एकै दिनमा ४० बिघा गाँजा फडानी
विपद्को जोखिम व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री आर्याल
विपद्को जोखिम व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री आर्याल
हरिपूर्वा नगरपालिकाको १५औं नगरसभा सम्पन्न, ६२ करोडको बजेट सार्वजनिक
हरिपूर्वा नगरपालिकाको १५औं नगरसभा सम्पन्न, ६२ करोडको बजेट सार्वजनिक
‘खाद्यान्न आयात अन्त्यका निम्ति कृषिको आधुनिकीकरण अपरिहार्य’
‘खाद्यान्न आयात अन्त्यका निम्ति कृषिको आधुनिकीकरण अपरिहार्य’
रसुवागढी सीमानाकामा बेलीब्रिज निर्माण सुरु : आगामी भदौ ३० गतेभित्र सम्पन्न गरिने लक्ष्य
रसुवागढी सीमानाकामा बेलीब्रिज निर्माण सुरु : आगामी भदौ ३० गतेभित्र सम्पन्न गरिने लक्ष्य