१४ असार २०८२, शनिबार

बोसनिया र मलेसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ

३ असार, काठमाडौं ।

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बोसनिया र मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।  पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बस्ने लमजुङको दोर्दी गाउँपालिका-५ घर भएका २६ वर्षीय दीपेन्द्र गुरुङ र काठमाडौं महानगरपालिका-१५ बस्ने सर्लाहीको बरहथवा नगरपालिका-१ घर भएका ३४ वर्षीया रूपी माया रहेका छन्।

पक्राउ मध्ये दीपेन्द्रले बोसनिया पठाइदिन्छु भन्दै ६ जना पीडितबाट ७ लाख रुपैयाँ र रूपीले मलेसिया पठाइदिन्छु भन्दै ६ जना पीडितबाट ५ लाख ५७ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दिपेन्द्रलाई काठमाडौं महानगरपालिका-१६ बाट आइतबार र रूपीलाई काठमाडौं महानगरपालिका-१५ बाट सोमबार पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment