नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीविरुद्ध एकै दिन तीन भ्रष्टाचार मुद्दा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ २६, २०८२
|
|
३२ पटक हेरिएको
Shares
नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीविरुद्ध एकै दिन तीन भ्रष्टाचार मुद्दा

सारांश

  • ऋण लिने सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्ष डा.
  • चन्द्रबहादुर अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
  • अख्तियारले नेपाल बैंकको तत्कालीन सञ्चालक समिति अध्यक्ष अधिकारीमाथि १९ लाख रुपैयाँ घुस लिएको आरोप लागेको हो ।

२६ जेठ, काठमाडौं ।

ऋण लिने सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले नेपाल बैंकको तत्कालीन सञ्चालक समिति अध्यक्ष अधिकारीमाथि १९ लाख रुपैयाँ घुस लिएको आरोप लागेको हो ।

उनले भैरहवामा सञ्चालन हुन लागेको र्‍याडिसन प्रोजेक्टलाई ऋण दिने क्रममा १९ लाख रुपैयाँ घुस लिएको आरोप छ । भुसाल हस्पिटालिटीका अध्यक्ष बालकृष्ण भुसालले ऋणका लागि नेपाल बैंक लिमिटेडमा प्रक्रिया अघि बढाएका थिए । त्यसक्रममा नेपाल बैंकका अध्यक्ष चन्द्रबहादुर अधिकारीले ह्वाट्सएपमार्फत कुराकानी र भेटघाट गरेर घुस मागेको अख्तियारको आरोप छ । अख्तियारले गत माघमा नै उनको घरमा छापा मारेर त्यो रकम बरामद गरेको थियो । उनले त्यो रकम आफ्नो सवारीचालक नसीब अन्सारीमार्फत लुकाएका थिए ।

अख्तियारले तत्कालीन अध्यक्ष अधिकारी, सवारीचालक नसिब अन्सारी अनि घुस दिएको आरोप लागेका बालकृष्ण भुसाल, उनका छोरा अंकित भुसाल र अमृत भुसालमाथि समेत मुद्दा चलाएको हो । अख्तियारले उनीमाथि नै मंगलबार थप दुईवटा आरोप लगाएर मुद्दा दायर गरेको छ । उनीमाथि हिमाल-तराई कन्स्ट्रक्सन प्रालिलाई ऋण दिँदा ५ लाख रुपैयाँ घुस लिएको अर्को आरोप छ । त्यसैगरी हिमाल-तराई कन्स्ट्रक्सनलाई ऋण दिँदा ५० लाख रुपैयाँ घुस खाएको तेस्रो आरोप पनि छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कारको ठक्करबाट बानेश्वरमा तीन वर्षीय बालकको मृ*त्यु
कारको ठक्करबाट बानेश्वरमा तीन वर्षीय बालकको मृ*त्यु
पत्रकार रजकको परिवारलाई रास्वपाले गर्‍यो ३ लाख सहयोग
पत्रकार रजकको परिवारलाई रास्वपाले गर्‍यो ३ लाख सहयोग
सरकारको आदेश पछि वल्डलिंकलेपनि बन्द गर्यो सामाजिक सञ्जालका प्लेटफर्महरू
सरकारको आदेश पछि वल्डलिंकलेपनि बन्द गर्यो सामाजिक सञ्जालका प्लेटफर्महरू
राज्य नागरिकको पक्षमै हुनुपर्छ : महानिरीक्षक कार्की
राज्य नागरिकको पक्षमै हुनुपर्छ : महानिरीक्षक कार्की
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर
प्रतिनिधिसभाबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक पारित
प्रतिनिधिसभाबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक पारित
सिरहा कारागारमा पुनः तनावः आन्तरिक नियन्त्रणको प्रयासपछि २३ कैदी नियन्त्रणमा
सिरहा कारागारमा पुनः तनावः आन्तरिक नियन्त्रणको प्रयासपछि २३ कैदी नियन्त्रणमा
विधायन व्यवस्थापन समिति पुग्यो निजामती विधेयक
विधायन व्यवस्थापन समिति पुग्यो निजामती विधेयक
ह*त्या गरी फरार रहेका प्रतिवादी पक्राउ
ह*त्या गरी फरार रहेका प्रतिवादी पक्राउ
खुट्टाको चोट निको नभई रवि भोलि चितवन जाँदै, फागुनदेखि बालेनसँग संयुक्त दौडाहा
खुट्टाको चोट निको नभई रवि भोलि चितवन जाँदै, फागुनदेखि बालेनसँग संयुक्त दौडाहा