२७ जेष्ठ २०८२, सोमबार

भारतमा रेलबाट खसेर पाँच जनाको मृ*त्यु

२६ जेठ, मुम्बई ।

भारतको मुम्बईमा रेलबाट खसेर पाँच जनाको मृत्यु भएको छ । सेन्ट्रल रेलवेका अनुसार यो घटना सोमवार दिउँसो कोपर रेलवे स्टेसनको बिचमा भएको हो । सेन्ट्रल रेलवेका अनुसार केही यात्री छत्रपति शिवाजी महाराज टर्मिनलतर्फ गइरहेको लोकल ट्रेनमा यात्रा गरिरहेका थिए । मुंब्रा स्टेसननजिकै केही यात्रु रेलबाट तल खसे । यात्रुहरू खस्नुको कारण अत्यधिक भीड भएको बताइएको छ । घटनाको जानकारी पाए लगत्तै रेलवे प्रशासन र प्रहरी घटनास्थलमा पुगेका थिए ।घाइते यात्रुहरूलाई तुरुन्तै नजिकको अस्पतालमा लगिएको थियो ।

घटनाको अनुसन्धान भइरहेको जनाइएको छ। प्रारम्भिक अनुसन्धानमा जनाइएअनुसार रेलमा अत्यधिक भीड थियो । जसका कारण यात्रुहरू ढोकामा झुन्डिएर यात्रा गरिरहेका थिए । दुर्घटनाका केही भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्, जहाँ यात्रुहरूलाई ट्रेनबाट खसिरहेको देख्न सकिन्छ । ती यात्रुहरूलाई ट्र्याकबाट उठाएर प्लेटफर्ममा ल्याइएको थियो। सबै मृतकको उमेर ३० देखि ३५ वर्षको बिचको रहेका भारतीय सञ्चार माध्यमहरूले बताएका छन् । यस दुर्घटनापछि रेलवे बोर्डले अबदेखि रेलहरूमा स्वचालित ढोका प्रणाली राखिने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?