२५ जेष्ठ २०८२, शनिबार

सुदूरपश्चिममा कोरोना संक्रमित संख्या आठ पुग्यो

२४ जेठ, धनगढी ।

सुदूरपश्चिम प्रदेशमा बितेको २४ घण्टामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार कैलालीको गौरीफन्टा नाका हुँदै भारतबाट नेपाल भित्रिएका पाँच जनामा कोभिड संक्रमण पुष्टि भएको हो । सुदूरपश्चिम प्रदेशको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार शुक्रबार गौरीफन्टा हुँदै नेपाल फर्किएका ३० जनामा गरिएको एन्टिजेन परीक्षण गरिएको थियो ।

केन्द्रले शुक्रबार दिउँसो सार्वजनिक गरेको विवरणअनुसार, सीमा नाकामा परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि बुधबार गौरीफन्टा हुँदै भारतबाट नेपाल आएका तीन जनामा कोभिड संक्रमण पुष्टि भएको थियो । यो सँगै यस प्रदेशमा कोरोना संक्रमण हुनेको संख्या आठ पुगेको छ । भारतमा कोरोना संक्रमण देखिन थालेपछि नेपालका नाकाहरूमा कडाइ गरिएको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?