भारतले सञ्चालनमा ल्यायो जम्मु-कश्मीर जोड्ने विश्वकै अग्लो रेल पुल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ २३, २०८२
|
|
५३ पटक हेरिएको
Shares
भारतले सञ्चालनमा ल्यायो जम्मु-कश्मीर जोड्ने विश्वकै अग्लो रेल पुल

सारांश

  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु-कश्मीरको रियासी जिल्लामा चिनाब नदीमाथि बनेको विश्वकै अग्लो रेल आर्च पुलको शुक्रबार उद्घाटन गरेका छन्।
  • उनले त्यहाँबाट चिनाब पुल, अञ्जी पुल र कटराबाट कश्मीरसम्मको पहिलो वन्दे भारत रेललाई हरियो झण्डा देखाउँदै सञ्चालनमा ल्याए ।
  • प्रधानमन्त्री मोदी २२ अप्रिलमा पहलगाममा भएको आतंकवादी हमलापछि पहिलोपटक कश्मीर पुगेका हुन्।

२३ जेठ,श्रीनगर ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु-कश्मीरको रियासी जिल्लामा चिनाब नदीमाथि बनेको विश्वकै अग्लो रेल आर्च पुलको शुक्रबार उद्घाटन गरेका छन्। उनले त्यहाँबाट चिनाब पुल, अञ्जी पुल र कटराबाट कश्मीरसम्मको पहिलो वन्दे भारत रेललाई हरियो झण्डा देखाउँदै सञ्चालनमा ल्याए । प्रधानमन्त्री मोदी २२ अप्रिलमा पहलगाममा भएको आतंकवादी हमलापछि पहिलोपटक कश्मीर पुगेका हुन्।४२ मिनेटको सम्बोधनमा प्रधानमन्त्री मोदीले आतंकवाद, पाकिस्तान, कश्मीरको पर्यटन र विकासबारे बोले ।

‘२२ अप्रिलमा पाकिस्तानले पहलगाममा मानवता र कश्मीरीमाथि हमला गर्‍यो। हामीले ६ मेमा त्यसको जवाफ कयामतले दियौं।’ उनले पहलगाममा भएको हमला कश्मीरको आमदानी स्रोत, विशेषगरी पर्यटकहरूमाथि लक्षित रहेको बताए । उक्त आम्दानीले स्थानीय मजदुर र व्यवसायीको रोजगारी धानेको पनि उनले उल्लेख गरे । विकास र समावेशी योजनामा जोड प्रधानमन्त्री मोदीले एनडीए सरकारको ११ वर्षको कार्यकाललाई ‘गरिब कल्याण र सामाजिक उत्थान’ को युगको रूपमा वर्णन गरे। यो पुल बनेसँगै अब नयाँदिल्लीबाट कश्मीरसम्म वन्दे भारत रेल जाने भएको छ। कटरा–श्रीनगर वन्दे भारत एक्सप्रेस ७ जुनदेखि चल्ने भएको छ। यस रेलमार्गले जम्मु–कश्मीरबीचको १० घण्टाको यात्रालाई मात्र ३ घण्टामा झारेको छ ।

३५९ मिटर अग्लो छ । जुन फ्रान्सको एफिल टावरभन्दा अग्लो हो । अब यो पुल विश्वकै अग्लो आर्च रेल पुलका रूपमा चिनिएको छ । यो पुलले ३२७ किमी प्रतिघण्टा गतिसम्मको हावामा पनि सहनसक्ने क्षमता राख्दछ। भूकम्प प्रतिरोधी, विस्फोट प्रतिरोधी, अत्यन्तै कठिन भौगोलिक परिस्थितिमा यो पुल निर्माण गरिएको हो । यस पुल बनेसँगै कश्मीर अब रेलमार्गद्वारा भारतको बाँकी भागसँग वर्षैभरि जोडिनेछ । जसले जनजीवन, सुरक्षातन्त्र र आर्थिक गतिविधि बढाउने विश्वास भारतले लिएको छ । अर्कातिर अञ्जी पुल भारतको पहिलो केबल स्टे रेल पुल भएको छ । जुन ३३१ मिटर अग्लो छ जसले कटरा–रियासीलाई जोड्छ। यी पुलहरू २७२ किलोमिटर लामो उधमपुर–श्रीनगर–बारामुला रेल लिंक परियोजनाका हिस्सा हुन् । जुन सन् १९९७ मा सुरु भएको थियो । यो परियोजना पूरा हुन २८ वर्ष लाग्यो। यो परियोजनाअन्तर्गत ३६ वटा सुरुङ बनेका छन् । जसमध्ये सबैभन्दा लामो ती-५० टनेल (१२.७७ किमी) को रहेको छ । यो परियोजनामा १३ किलमोमिटर लामा ९४३ वटा पुल बनेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरामा रवि लामिछानेमाथि खोया प्रहार, एकजना पक्राउ
पोखरामा रवि लामिछानेमाथि खोया प्रहार, एकजना पक्राउ
एमाले सचिवालय बैठक जारी
एमाले सचिवालय बैठक जारी
उद्यमी र मध्यमवर्गीय परिवारको बोझ घटाइने
उद्यमी र मध्यमवर्गीय परिवारको बोझ घटाइने
कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको पूर्वानुमान
कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको पूर्वानुमान
अफताव आलमको रिहाइबारे नारायणकाजीको कडा टिप्पणी– नेपालको न्यायालयको इतिहासमा कलंक
अफताव आलमको रिहाइबारे नारायणकाजीको कडा टिप्पणी– नेपालको न्यायालयको इतिहासमा कलंक
शिक्षकका माग सम्बोधनमा कांग्रेस गम्भीर छ : देउवा
शिक्षकका माग सम्बोधनमा कांग्रेस गम्भीर छ : देउवा
आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
२४ दिनमै मधेसका महत्त्वपूर्ण ३ पद गुमाएको एमालेले आज किन दिँदैछ आफ्नै सरकार ढाल्ने कृष्ण यादवलाई विश्वासको मत?
२४ दिनमै मधेसका महत्त्वपूर्ण ३ पद गुमाएको एमालेले आज किन दिँदैछ आफ्नै सरकार ढाल्ने कृष्ण यादवलाई विश्वासको मत?
प्रयागराजमा सुरु भयो कुम्भ मेला, ४० करोड मानिस सहभागी हुने दाबी
प्रयागराजमा सुरु भयो कुम्भ मेला, ४० करोड मानिस सहभागी हुने दाबी
मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दी खण्ड ‘अस्फाल्ट’ प्रविधिबाट ‘पिच’
मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दी खण्ड ‘अस्फाल्ट’ प्रविधिबाट ‘पिच’