लगानी बोर्डको ६४औँ बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ २२, २०८२
|
|
३६ पटक हेरिएको
Shares
लगानी बोर्डको ६४औँ बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत

सारांश

  • लगानी बोर्ड नेपालको ६४औँ बैठकले मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृतिलगायत विभिन्न परियोजना अघि बढाउने निर्णय गरेको छ ।
  • प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री निवास, बालुुवाटारमा बसेको बैठकले पर्वतको सेराफाँट (वीरेठाँटी÷नयाँ पुल)देखि मुस्ताङको मुक्तिनाथसम्म सात स्थानमा स्टेशनसहित ८१.
  • ०४१ किलोमिटरको लामो केवलकार निर्माणका लागि लगानी स्वीकृत गरेको हो ।

२२ जेठ, काठमाडौँ ।

लगानी बोर्ड नेपालको ६४औँ बैठकले मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृतिलगायत विभिन्न परियोजना अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री निवास, बालुुवाटारमा बसेको बैठकले पर्वतको सेराफाँट (वीरेठाँटी÷नयाँ पुल)देखि मुस्ताङको मुक्तिनाथसम्म सात स्थानमा स्टेशनसहित ८१.०४१ किलोमिटरको लामो केवलकार निर्माणका लागि लगानी स्वीकृत गरेको हो ।

रु ५७ अर्ब ६४ करोड ३७ लाख लागत रहने उक्त परियोजना निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण ‘बूट’ (बिल्ड, ओन, अपरेट, ट्रान्सफर) ढाँचामा मुक्तिनाथ दर्शन प्रालिले निर्माण गर्न प्रस्ताव गरेको थियो । बैठकले उक्त प्रालिसँग परियोजना विकासको सम्झौताको शर्त आदि विषयमा वार्ता गर्न बोर्डका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीको संयोजकत्वमा समिति गठन गरेको छ । उक्त केवरकार सञ्चालनमा आएमा स्थानीयस्तरमा ठुलो मात्रामा पर्यटक र रोजगारी वृद्धि हुने अपेक्षा गरिएको छ ।

बैठकले ७५० मेगावाट क्षमताको रु १६० अर्ब लगानी रहने पश्चिम सेती जलाशययुक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन थप अध्ययन गर्ने, नेपालमा रेलमार्ग क्षेत्रमा सहकार्यका लागि अध्ययन गर्न दक्षिण कोरियाको कोरेल नामक संस्थासँग गरिने सम्झौताको मस्यौदा मन्त्रिपरिषद्बाट स्वीकृति लिने निर्णय पनि गरेको छ ।

त्यसैगरी ४३.२ मेगावाटको छिलुुङ खोला जलविद्युुत आयोजना, २१६ मोगावाटको बझाङ माथिल्लो सेती जलविद्युुत आयोजना र ४४ मोगावाटको बकान खोला जलविद्युत परियोजनाको लगानी स्वीकृतिको निर्णय बोर्डबाट भएको छ । बैठकले जनकपुरमा रिफाइन इडिबल आयल (खानेतेल) उद्योग र विभिन्न स्थानमा सूचना प्रविधि उद्यान स्थापनाका लागि प्राप्त प्रस्तावहरु अघि बढाउने निर्णय गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीमा वडाध्यक्षको नेतृत्वमा प्रहरीमाथि आक्रमण भएपछि हवाई फायर
सर्लाहीमा वडाध्यक्षको नेतृत्वमा प्रहरीमाथि आक्रमण भएपछि हवाई फायर
बजेट निर्माणका लागि मन्त्रालयगत छलफल शुरू
बजेट निर्माणका लागि मन्त्रालयगत छलफल शुरू
प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन गर्दै सरकार
प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन गर्दै सरकार
ज्ञानेन्द्र शाहीको प्रश्न- प्रधानमन्त्रीले सडकमा मान्छे उतारेर आन्दोलन गर्छौं भन्न मिल्छ?
ज्ञानेन्द्र शाहीको प्रश्न- प्रधानमन्त्रीले सडकमा मान्छे उतारेर आन्दोलन गर्छौं भन्न मिल्छ?
टीकापुरमा प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध
टीकापुरमा प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध
पश्चिम बंगालमा भाजपा सरकारको शपथअघि मुख्यमन्त्री ममताको निवासमा सुरक्षाकर्मी
पश्चिम बंगालमा भाजपा सरकारको शपथअघि मुख्यमन्त्री ममताको निवासमा सुरक्षाकर्मी
सरकार उल्टो गतिमा चलेको छ : कुलमान घिसिङ
सरकार उल्टो गतिमा चलेको छ : कुलमान घिसिङ
चितवनमा विद्युत् महसुल नतिर्ने १ हजार ३३८ ग्राहकको लाइन काटियो
चितवनमा विद्युत् महसुल नतिर्ने १ हजार ३३८ ग्राहकको लाइन काटियो
प्रतिनिधि सभा बैठक असोज १४ गतेसम्मका लागि स्थगित
प्रतिनिधि सभा बैठक असोज १४ गतेसम्मका लागि स्थगित
प्रधानमन्त्री प्रचण्ड ल्हासामा, कैलाश मानसरोवर भ्रमण गर्ने
प्रधानमन्त्री प्रचण्ड ल्हासामा, कैलाश मानसरोवर भ्रमण गर्ने