२६ जेष्ठ २०८२, आईतवार

पत्रकार जनार्जन खत्रीलाई सीआईएन पत्रकारिता पुरस्कार

१४ जेठ, लालबन्दी ।

उज्यालो अभियान दैनिकका समाचार प्रमुख जनार्जन खत्री ‘सामुदायिक रेडियो पत्रकारिता पुरस्कार–२०८२’ बाट सम्मानित भएका छन् । सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) नेपालद्वारा संचालित सामुदायिक सूचना नेटवर्क (सीआईएन) को १७ औँ स्थापना दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उज्यालोका समाचार प्रमुख खत्री सम्मानित भएका हुन् ।

सामुदायिक रेडियो एकता लालबन्दीका समाचार वाचक समेत रहेका खत्रीलाई सीआईएनले सामुदायिक पत्रकारिताको माध्यमबाट समाज परिवर्तनमा सकारात्मक भूमिका निर्वाह गर्नुका साथै सीआईएनमा उत्कृष्ट रिपोर्टिङ गरेर समुदायमा सवाल स्थापित गर्न पुर्याउनुभएको योगदानको कदर गर्दै प्रमाण–पत्र र नगद १५ हजार रुपैयाँसहित सम्मान गरेको हो ।

खत्रीलाई सर्लाही क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य रामप्रकाश चौधरी, अकोराबका अध्यक्ष अर्जुन गिरी, अकोराबका पूर्व अध्यक्ष सुवास खतिवडा र संघीय संसद सचिवालयका पूर्व सचिव मुकुन्द शर्माले सम्मान गरेका छन् । गोरखापत्रकर्मी खत्रीसँगै सामुदायिक रेडियो शैलुङ दोलखामा कार्यरत बुना घिमिरे र सीआईएनमै कार्यरत उषा तामाङ समेत सम्मानित भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?