पत्रकार जनार्जन खत्रीलाई सीआईएन पत्रकारिता पुरस्कार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ १४, २०८२
|
|
४८ पटक हेरिएको
Shares
पत्रकार जनार्जन खत्रीलाई सीआईएन पत्रकारिता पुरस्कार

सारांश

  • उज्यालो अभियान दैनिकका समाचार प्रमुख जनार्जन खत्री ‘सामुदायिक रेडियो पत्रकारिता पुरस्कार–२०८२’ बाट सम्मानित भएका छन् ।
  • सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) नेपालद्वारा संचालित सामुदायिक सूचना नेटवर्क (सीआईएन) को १७ औँ स्थापना दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उज्यालोका समाचार प्रमुख खत्री सम्मानित भएका हुन् ।
  • सामुदायिक रेडियो एकता लालबन्दीका समाचार वाचक समेत रहेका खत्रीलाई सीआईएनले सामुदायिक पत्रकारिताको माध्यमबाट समाज परिवर्तनमा सकारात्मक भूमिका निर्वाह गर्नुका साथै सीआईएनमा उत्कृष्ट रिपोर्टिङ गरेर समुदायमा सवाल स्थापित गर्न पुर्याउनुभएको योगदानको कदर गर्दै प्रमाण–पत्र र नगद १५ हजार रुपैयाँसहित सम्मान गरेको हो ।

१४ जेठ, लालबन्दी ।

उज्यालो अभियान दैनिकका समाचार प्रमुख जनार्जन खत्री ‘सामुदायिक रेडियो पत्रकारिता पुरस्कार–२०८२’ बाट सम्मानित भएका छन् । सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) नेपालद्वारा संचालित सामुदायिक सूचना नेटवर्क (सीआईएन) को १७ औँ स्थापना दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उज्यालोका समाचार प्रमुख खत्री सम्मानित भएका हुन् ।

सामुदायिक रेडियो एकता लालबन्दीका समाचार वाचक समेत रहेका खत्रीलाई सीआईएनले सामुदायिक पत्रकारिताको माध्यमबाट समाज परिवर्तनमा सकारात्मक भूमिका निर्वाह गर्नुका साथै सीआईएनमा उत्कृष्ट रिपोर्टिङ गरेर समुदायमा सवाल स्थापित गर्न पुर्याउनुभएको योगदानको कदर गर्दै प्रमाण–पत्र र नगद १५ हजार रुपैयाँसहित सम्मान गरेको हो ।

खत्रीलाई सर्लाही क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य रामप्रकाश चौधरी, अकोराबका अध्यक्ष अर्जुन गिरी, अकोराबका पूर्व अध्यक्ष सुवास खतिवडा र संघीय संसद सचिवालयका पूर्व सचिव मुकुन्द शर्माले सम्मान गरेका छन् । गोरखापत्रकर्मी खत्रीसँगै सामुदायिक रेडियो शैलुङ दोलखामा कार्यरत बुना घिमिरे र सीआईएनमै कार्यरत उषा तामाङ समेत सम्मानित भएकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थमन्त्री र सचिवहरुबीच कार्यसम्पादन सम्झौता
अर्थमन्त्री र सचिवहरुबीच कार्यसम्पादन सम्झौता
स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि शिक्षकलाई केन्द्रमा राख्दै निर्वाचन आयोगको नयाँ स्रोत पुस्तिका
स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि शिक्षकलाई केन्द्रमा राख्दै निर्वाचन आयोगको नयाँ स्रोत पुस्तिका
जसपा नेपालको समर्थनमा अध्यादेश पारित हुन्छ : नेपाली कांग्रेस
जसपा नेपालको समर्थनमा अध्यादेश पारित हुन्छ : नेपाली कांग्रेस
डाइनामिक कप इन्लाइन स्केटिङ प्रतियोगिता आयोजना हुने
डाइनामिक कप इन्लाइन स्केटिङ प्रतियोगिता आयोजना हुने
मिनी ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
मिनी ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
घुस प्रकरणमा उल्टो बयान दिने अख्तियारकै साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा
घुस प्रकरणमा उल्टो बयान दिने अख्तियारकै साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा
पोखरामा श्रीमतीको ह*त्या गरेर एक व्यक्तिले गरे आत्मह*त्या
पोखरामा श्रीमतीको ह*त्या गरेर एक व्यक्तिले गरे आत्मह*त्या
संघीय संसद्को दुवै सदनको बैठक बस्दै
संघीय संसद्को दुवै सदनको बैठक बस्दै
यातायात व्यवसायीले भोलिदेखि आन्दोलन थप सशक्त बनाउने
यातायात व्यवसायीले भोलिदेखि आन्दोलन थप सशक्त बनाउने
माओवादीको केन्द्रीय कार्यालय पनि जल्यो
माओवादीको केन्द्रीय कार्यालय पनि जल्यो