भारतले बंगलादेशबाट बन्दरगाह हुँदै यी सामानहरूको आयातमा लगायो प्रतिबन्ध

४ जेठ, काठमाडौं ।
भारतले शनिबार बंगलादेशबाट तयारी पोसाक र प्रशोधित खाद्य वस्तुलगायत केही वस्तुहरूको आयातमा बन्दगाह प्रतिबन्ध लगाएको छ । वाणिज्य मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी)ले यस सम्बन्धमा एक सूचना जारी गरेको छ ।डीजीएफले लगाएको प्रतिबन्ध तत्काल लागु भएको छ ।

यी प्रतिबन्धहरूअन्तर्गत, अब कुनै पनि भूमि बन्दरगाहबाट बंगलादेशबाट तयारी पोसाक आयात गर्न अनुमति दिइने छैन । सूचना अनुसार, अब न्हावाशेवा बन्दरगाह र कोलकाता बन्दरगाहबाट मात्र अनुमति दिइनेछ ।डीजीएफटीका अनुसार, बंगलादेशबाट माछा, एलपीजी, कुचिएको ढुंगा र खाद्य तेलको आयातमा बन्दरगाह प्रतिबन्ध लागु हुनेछैन । मन्त्रालयका अनुसार, यी बन्दरगाह प्रतिबन्धहरू भारत हुँदै नेपाल र भुटान जाने बंगलादेशी सामानहरूमा लागु हुनेछैनन् ।

Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment