भारतले बंगलादेशबाट बन्दरगाह हुँदै यी सामानहरूको आयातमा लगायो प्रतिबन्ध
४ जेठ, काठमाडौं ।
भारतले शनिबार बंगलादेशबाट तयारी पोसाक र प्रशोधित खाद्य वस्तुलगायत केही वस्तुहरूको आयातमा बन्दगाह प्रतिबन्ध लगाएको छ । वाणिज्य मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी)ले यस सम्बन्धमा एक सूचना जारी गरेको छ ।डीजीएफले लगाएको प्रतिबन्ध तत्काल लागु भएको छ ।
यी प्रतिबन्धहरूअन्तर्गत, अब कुनै पनि भूमि बन्दरगाहबाट बंगलादेशबाट तयारी पोसाक आयात गर्न अनुमति दिइने छैन । सूचना अनुसार, अब न्हावाशेवा बन्दरगाह र कोलकाता बन्दरगाहबाट मात्र अनुमति दिइनेछ ।डीजीएफटीका अनुसार, बंगलादेशबाट माछा, एलपीजी, कुचिएको ढुंगा र खाद्य तेलको आयातमा बन्दरगाह प्रतिबन्ध लागु हुनेछैन । मन्त्रालयका अनुसार, यी बन्दरगाह प्रतिबन्धहरू भारत हुँदै नेपाल र भुटान जाने बंगलादेशी सामानहरूमा लागु हुनेछैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment