जलेश्वर अस्पतालमा औषधि अभाव हुँदा उपचारमा समस्या

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ १, २०८२
|
|
२४ पटक हेरिएको
Shares
जलेश्वर अस्पतालमा औषधि अभाव हुँदा उपचारमा समस्या

सारांश

  • जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित प्रादेशिक अस्पतालमा दुई महिनादेखि औषधि अभाव हुँदा उपचारमा समस्या हुँदै आएको छ ।
  • सरकारले ९८ प्रकारका औषधि निःशुल्क रूपमा उपलब्ध गराए पनि दुई महिनादेखि सिटामोलसहित साधारण औषधि समेत नहुँदा उपचारमा समस्या हुँदै आएको हो ।
  • दुई महिनादेखि अत्यावश्यक सिटामोलसहित निःशुल्क उपलब्ध हुने सबै औषधि अभाव रहेकाले अस्पतालमा उपचारका लागि आउने बिरामीलाई खाली हात पठाउनुपरेको प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विकास साहले बताउनुभयो ।

 १ जेठः  महोत्तरी ।

जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित प्रादेशिक अस्पतालमा दुई महिनादेखि औषधि अभाव हुँदा उपचारमा समस्या हुँदै आएको छ । सरकारले ९८ प्रकारका औषधि निःशुल्क रूपमा उपलब्ध गराए पनि दुई महिनादेखि सिटामोलसहित साधारण औषधि समेत नहुँदा उपचारमा समस्या हुँदै आएको हो । दुई महिनादेखि अत्यावश्यक सिटामोलसहित निःशुल्क उपलब्ध हुने सबै औषधि अभाव रहेकाले अस्पतालमा उपचारका लागि आउने

बिरामीलाई खाली हात पठाउनुपरेको प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विकास साहले बताउनुभयो । जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिका छन् । अस्पतालमा दैनिक रू तीन सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका जनाउँदै उहाँले अस्पतालबाट दिनुपर्ने निःशुल्क औषधि उपलब्ध गराउन नसक्दा बिरामीहरू निराश भएर फर्किनुका साथै उपचार प्रभावित बनेको उहाँले बताउनुभयो । डा साहका अनुसार यहाँ रहेका छ वटा बहिरङ्ग (ओपिडी) कक्षमा दैनिक २५ देखि ३० का दरले, मेडिसिन कक्षमा ४० देखि ५० आकस्मिक कक्षमा दैनिक ४० जनासम्म बिरामीहरू आउने गरेका छन् । उहाँले आकस्मिक कक्षमा बिरामी बढी हुँदा शय्या अभावसमेत हुने गरेको बताउनुभयो । जिल्लाका अन्य स्वास्थ्य संस्थाहरूमा दैनिक एक सय जनासम्म बिरामी आउने गरेका उहाँले जानकारी दिनुभयो ।

मधेस प्रदेश सरकारको स्वास्थ्य निर्देशनालय, विभाग र केन्द्र सरकारसँग औषधि अभावका बारेमा जानकारी गराइएको अस्पतालका मेसु डा साहले उल्लेख गर्नुभयो । अहिले आकस्मिक कक्षका लागि आवश्यक पर्ने औषधि अस्पतालले आफ्नै स्रोतबाट किनेर व्यवस्थापन गरिरहेको बताउँदै यसलाई निरन्तरता दिन स्रोत अभाव हुने अवस्थामा पुगेको उहाँले जानकारी दिनुभयो । पछिल्लो समय अत्यधिक बढेको गर्मीका कारण रुघा, खोकी, ज्वरो, टाइफाइड, झाडापखाला, निमोनिया, जण्डिस र भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको प्रादेशिक अस्पतालको आकस्मिक कक्षले जनाएको छ । पहिला दैनिक तीन सयको हाराहारीमा बिरामी आउने गरेकामा पछिल्लो समय अत्यधिक बढेको गर्मीका कारण दैनिक चार सयको हाराहारीमा विभिन्न सङ्क्रमणका बिरामकी आउने गरेका मेसु डा साहले जानकारी दिनुभयो । चर्को घामका कारण जिल्लाबासीमा छालासम्बन्धी विभिन्न रोगको सङ्क्रमण समेत देखा पर्न थालेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खेलाडीले देशको परिचय र प्रतिष्ठालाई माथि उठाउन योगदान गरेका छन् : प्रधानमन्त्री ओली
खेलाडीले देशको परिचय र प्रतिष्ठालाई माथि उठाउन योगदान गरेका छन् : प्रधानमन्त्री ओली
वाइवाइविरुद्ध फेसबुकमा लेखेको आधारमा ५ करोड दाबी गर्दै हालेको मुद्दा चौधरी ग्रुपले हार्यो
वाइवाइविरुद्ध फेसबुकमा लेखेको आधारमा ५ करोड दाबी गर्दै हालेको मुद्दा चौधरी ग्रुपले हार्यो
विदेशको लोभ देखाएर २ करोड ठगी गर्ने संजय पक्राउ
विदेशको लोभ देखाएर २ करोड ठगी गर्ने संजय पक्राउ
शंखरापुर बस दुर्घटनाका अर्का घाइते विद्यार्थीको पनि मृत्यु
शंखरापुर बस दुर्घटनाका अर्का घाइते विद्यार्थीको पनि मृत्यु
सुनको भाउ इतिहासकै उच्च
सुनको भाउ इतिहासकै उच्च
भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
नयाँ दल दर्ता प्रक्रिया नै असंबैधानिक छ, हामी अदालत जान्छौं : अध्यक्ष यादव
नयाँ दल दर्ता प्रक्रिया नै असंबैधानिक छ, हामी अदालत जान्छौं : अध्यक्ष यादव
काठमाडौँमा सशस्त्र प्रहरीको पनि निःशुल्क बस सेवा
काठमाडौँमा सशस्त्र प्रहरीको पनि निःशुल्क बस सेवा
एकीकृत समाजवादीले गणतन्त्र पक्षधरलाई सघाउने
एकीकृत समाजवादीले गणतन्त्र पक्षधरलाई सघाउने
समानुपातिक उम्मेदवारका लागि आज अन्तिम मौका, ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने
समानुपातिक उम्मेदवारका लागि आज अन्तिम मौका, ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने