
युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए
सारांश
- भारत–पाकिस्तान युद्धविरामपछि सोमबार भारतका सबै बन्द विमानस्थलहरू खोलिएका छन्।
- मे ७ मा भारत–पाकिस्तान तनावका बीचमा यी विमानस्थलहरू मे १५ बिहान ५:२९ बजेसम्म अस्थायी रूपमा बन्द गरिएका थिए।
- नागरिक विमान सञ्चालनका लागि बन्द गरिएका ३२ विमानस्थलहरू अब तत्काल नागरिक विमान सञ्चालनका लागि उपलब्ध हुने भारतीय विमानस्थल प्राधिकरणले एक प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ।

२९ वैशाख, नयाँदिल्ली ।
भारत–पाकिस्तान युद्धविरामपछि सोमबार भारतका सबै बन्द विमानस्थलहरू खोलिएका छन्। मे ७ मा भारत–पाकिस्तान तनावका बीचमा यी विमानस्थलहरू मे १५ बिहान ५:२९ बजेसम्म अस्थायी रूपमा बन्द गरिएका थिए।

नागरिक विमान सञ्चालनका लागि बन्द गरिएका ३२ विमानस्थलहरू अब तत्काल नागरिक विमान सञ्चालनका लागि उपलब्ध हुने भारतीय विमानस्थल प्राधिकरणले एक प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ। विज्ञप्तिमा यात्रुहरूलाई यी विमानस्थलहरूमा उडानहरूको लागि पहिले सम्बन्धित एयरलाइन्सबाट जानकारी लिन र नियमित अपडेटको लागि सम्बन्धित एयरलाइन्सको वेबसाइटमा जान सल्लाह दिइएको छ।

मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ५ भारसरको सार्वजनिक अनुरोध
नेपाली मिति लोड हुँदैछ...
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया