सूर्यबहादुर थापाले सालघारी फाँडेर मान्छे बसाएर उधुम गरेका हुन् : प्रधानमन्त्री ओली

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख २७, २०८२
|
|
२१ पटक हेरिएको
Shares
सूर्यबहादुर थापाले सालघारी फाँडेर मान्छे बसाएर उधुम गरेका हुन् : प्रधानमन्त्री ओली

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले सालघारी फँडानी हुन नहुने बताएका छन् ।
  • शनिबार (वैशाख २७) काठमाडौंमा दोस्रो राष्ट्रिय वन सम्वर्द्धन गोष्ठीमा उनले यस्तो बताएका हुन् ।
  • उनले विकास र वातावरणमा सन्तुलन जरुरी रहेकामा जोड दिए ।

२७ वैशाख, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सालघारी फँडानी हुन नहुने बताएका छन् । शनिबार (वैशाख २७) काठमाडौंमा दोस्रो राष्ट्रिय वन सम्वर्द्धन गोष्ठीमा उनले यस्तो बताएका हुन् । उनले विकास र वातावरणमा सन्तुलन जरुरी रहेकामा जोड दिए । पञ्चायतलाई जिताउन तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले ०३६ सालमा वैज्ञानिक वन व्यवस्था भनेर सालघारी फँडानी गरेको उनले आरोप लगाए ।

“विकास र वातावरणमा सन्तुलन जरुरी छ । तर, वन क्षेत्रमै सालघारी फाँड्ने काम फँडानी यस्तो वैज्ञानिक वन व्यवस्था त पञ्चायतलाई जिताउन सूर्यबहादुर थापाले ०३६ सालमै एकपटक गरिसकेका हुन् । गज्जबले गरेका हुन् । सालघारी फाँडेर मान्छे बसाएर उधुम गरेर गरेका हुन्,” उनले भने । उनले वैज्ञानिकताका नाममा गरिएको सालघारी फँडानीको विरोध आफूहरूले गरिरहेको बताए । सालघारी फँडानीको काम रोकिनुपर्नेमा उनले जोड दिए ।

वैज्ञानिक तरिकाले सालघारीको सदुपयोग गरिनुपर्ने र वन क्षेत्र अब धेरै विस्तार गर्न नसकिने उनको भनाइ थियो । सघन वनतर्फ अघि बढ्ने नीति अपनाउन जरुरी रहेको उनले औँल्याए । “ग्रामीण क्षेत्रका छेउका खाली जमिनहरू जुन वन क्षेत्रमा पर्छ, कृषकहरूका समूह बनाएर कृषि वन बनाऔँ । आँपघारी लगाइदियो, फलफूलका बगैँचा लगाऔँ,” उनले भने । प्रधानमन्त्री ओलीले राणाकालीन समयमा सिंहदरबारमा रोपिएका आँप अहिले पनि फलिरहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
आज साउन  को अन्तिम सोमबार १२ बजेसम्म १ लाख १५ हजारले गरे पशुपतिनाथको दर्शन
आज साउन को अन्तिम सोमबार १२ बजेसम्म १ लाख १५ हजारले गरे पशुपतिनाथको दर्शन
परराष्ट्रमन्त्री राणा जेनेभा प्रस्थान
परराष्ट्रमन्त्री राणा जेनेभा प्रस्थान
आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
रिगल ढकालको कैद मिनाहाविरुद्धको रिटमा आज फैसला
रिगल ढकालको कैद मिनाहाविरुद्धको रिटमा आज फैसला
१ किलाे ४ सय ग्राम कोकिनसहित २ जना विदेशी नागरिक पक्राउ
१ किलाे ४ सय ग्राम कोकिनसहित २ जना विदेशी नागरिक पक्राउ
दुई महिनाभित्र पशु कल्याण ऐन ल्याउने कृषि मन्त्री अधिकारीको प्रतिवद्धता
दुई महिनाभित्र पशु कल्याण ऐन ल्याउने कृषि मन्त्री अधिकारीको प्रतिवद्धता
बाढीले हिलाम्मे पारेको पार्टी कार्यालय अवलोकन गर्न च्यासल पुगे प्रधानमन्त्री ओली
बाढीले हिलाम्मे पारेको पार्टी कार्यालय अवलोकन गर्न च्यासल पुगे प्रधानमन्त्री ओली
शिक्षा क्षेत्रमा मौलापुर नगरपालिका उत्कृष्ट घोषित
शिक्षा क्षेत्रमा मौलापुर नगरपालिका उत्कृष्ट घोषित
मन्त्री घिसिङद्वारा निर्माणाधीन कमला नदी पुलको अनुगमन
मन्त्री घिसिङद्वारा निर्माणाधीन कमला नदी पुलको अनुगमन