भारतविरुद्ध ४०० किलोमिटरसम्म हान्न सक्ने फतेह मिसाइल तैनाथ
२७ वैशाख, पाकिस्तान ।
भारतविरुद्ध जारी सैन्य कारबाहीका क्रममा पाकिस्तानले आफ्नो फतेह मिसाइल तैनाथ गरेको छ। अलजजिराको रिपोर्टअनुसार पाकिस्तानको उन्नत फतेहका दुई संस्करण छन्। जसलाई फतेह-१ र फतेह-२ भनिन्छ। सैन्य विज्ञहरूका अनुसार, फतेह-१ संस्करण छोटो दूरीको क्षेप्यास्त्र हो जुन १४० किलोमिटर (८७ माइल) टाढासम्म प्रहार गर्न सक्षम छ। रिपोर्टहरूअनुसार, फतेह-२ संस्करणलाई ‘अझ उन्नत’ भनिएको छ र यसको दायरा ४०० किलोमिटर (२४८ माइल) सम्म छ। दुवै संस्करणलाई सतहबाट सतहमा प्रहार गर्ने क्षेप्यास्त्र भनिन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment