सिंहदरबारदेखि दुर्गमक्षेत्रसम्म अब शुद्ध खानेपानी बितरण हुँदैछ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख २१, २०८२
|
|
२९ पटक हेरिएको
Shares
सिंहदरबारदेखि दुर्गमक्षेत्रसम्म अब शुद्ध खानेपानी बितरण हुँदैछ

सारांश

  • खानेपानीमन्त्री प्रदीप यादवले प्रत्येक नेपाली नागरिकका घर घरमा धारा र धारामा सुरक्षित खानेपानी भन्ने दृढ सङ्कल्पका साथ अघि बढी रहेको बताएका छन् ।
  • आइतबार इलामको श्रीअन्तु सामालबुङ खानेपानी आयोजनाको उदघाटन गर्दै मन्त्री यादवले देशका विभिन्न ग्रामीण बस्तीमा अहिले पनि शुद्ध खानेपानीको अभावले थुप्रै समस्या देखापरेकाले ती समस्या समाधान गर्ने सरकारको प्रमुख प्राथमिकता रहेको बताए ।
  • उनले भने,‘खानेपानी समस्याकै कारण देशका कयौँ ठाउँमा अहिले पनि नागरिकले बस्ती सार्नुपर्ने अवस्था छ ।

२१ वैशाख, काठमाडौं ।

खानेपानीमन्त्री प्रदीप यादवले प्रत्येक नेपाली नागरिकका घर घरमा धारा र धारामा सुरक्षित खानेपानी भन्ने दृढ सङ्कल्पका साथ अघि बढी रहेको बताएका छन् । आइतबार इलामको श्रीअन्तु सामालबुङ खानेपानी आयोजनाको उदघाटन गर्दै मन्त्री यादवले देशका विभिन्न ग्रामीण बस्तीमा अहिले पनि शुद्ध खानेपानीको अभावले थुप्रै समस्या देखापरेकाले ती समस्या समाधान गर्ने सरकारको प्रमुख प्राथमिकता रहेको बताए । उनले भने,‘खानेपानी समस्याकै कारण देशका कयौँ ठाउँमा अहिले पनि नागरिकले बस्ती सार्नुपर्ने अवस्था छ । सरकारले खानेपानीका समस्या समाधानका लागि ठोस योजनाहरु अघि सारेको छ । खानेपानीकै लागि बस्ती सार्नुपर्ने अवस्थाको अन्त गर्छौँ ।’ यसैगरी उनले सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ मा सबै नागरिकलाई स्वच्छ र गुणस्तीय खानेपानी उपलब्ध गराउने तथा सरफाइका क्षेत्रमा लगानी वृद्धि गरेर दिगो विकासको लक्ष्य हासिल गर्ने बताए ।

उनले भने,‘विपद्का कारण भत्किएका खानेपानीका आयोजनाहरु र अधुरा खानेपानी आयोजनाको मर्मत गरी पानीको पहुँच वृद्धि गरी स्थानीय तह र उपभोक्ताको सहलगानीमा खानेपानी आयोजना एकीकृत रुपमा सञ्चालन गर्नेछौँ ।’ आगामी वर्ष सबै नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी पु¥याउने हेतुले सिङ्गो मन्त्रालय लागि परेको मन्त्री यादवको भनाई छ । ‘म बोलेको कुरा पुरा गर्ने व्यक्ति हुँ । म आफ्नो बाँचा अनुसार नागरिकका घर घरमा शुद्ध खानेपानी पु¥याउने हेतुले अहिले देशका दुर्गमदेखि सुगम ठाउँमा पुग्दैछु । नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी अवश्य पु¥याउछु’उनले भने ।

बिगतका समयमा अधुरा रहेका र बाढीले क्षति गरेका खानेपानीका आयोजनाहरु निर्माण सम्पन्न भइरहेको बताउँदै उनले भने,‘मैले मन्त्रालय सम्हालेदेखि बिगतका अधुरा रहेका खानेपानीका आयोजनाहरु पुरा भएका छन् । सिङ्हदरबारदेखि दुर्गमक्षेत्रसम्म अब शुद्ध खानेपानी बितरण हुँदैछ ।’ खानेपानी तथा ढलव्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठले इलामको श्रीअन्तु सामालबुङ खानेपानी आयोजना अन्तर्गत सुर्योदय नगरपालिका–४ र ५ का करिब  दुई हजार १३४  घरपरिवार र ११ हजार ७६९  जनसङ्ख्या प्रत्यक्ष रूपमा लाभान्वित हुने बताए ।

उनका अनुसार हालसम्म कुल २५० घरधुरीहरू यस खानेपानी प्रणालीमा जोडिएका तथा यस योजना अन्तर्गत दुईवटा मुहान (सिद्धी खोला र श्रीअन्तु खोला) बाट पानी सङ्कलन गरिन्छ । प्रभावकारी र भरपर्दो आपूर्ति सुनिश्चित गर्न आयोजना पम्पिङ तथा ग्राभिटी दुवै प्रणालीमा आधारित छ । योजना १५ वर्षको दीर्घकालीन सेवा अवधिका लागि डिजाइन गरिएको र जसमा  भविष्यको जनसङ्ख्या वृद्धि समेत ध्यानमा राखिएको छ । आयोजना सम्पन्न गर्नको लागि कुल लागत रु ३७ करोड ७२ लाख रहेको छ । जसमा १० प्रतिसत लागत स्थानीय समुदायबाट योगदान प्राप्त भएको खानेपानी तथा ढलव्यवस्थापन

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निरन्तर घटेको सुनको मूल्य आज बढ्‌यो
निरन्तर घटेको सुनको मूल्य आज बढ्‌यो
सम्बोधनका क्रममा ट्रम्पलाई अवरोध गर्ने डेमोक्रेट सांसदलाई बाहिर निकालियो
सम्बोधनका क्रममा ट्रम्पलाई अवरोध गर्ने डेमोक्रेट सांसदलाई बाहिर निकालियो
घ्याम्पेसाल पाँचखुवा देउराली ताकुकोट सडक २८ वर्षपछि कालोपत्र
घ्याम्पेसाल पाँचखुवा देउराली ताकुकोट सडक २८ वर्षपछि कालोपत्र
विश्वकप एसिया छनोट,  नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै
विश्वकप एसिया छनोट, नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै
चामल किन्न नपरेको अभिव्यक्तिका कारण कृषिमन्त्रीले दिए राजीनामा
चामल किन्न नपरेको अभिव्यक्तिका कारण कृषिमन्त्रीले दिए राजीनामा
रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
उर्जा उत्पादनमा निजी क्षेत्रको भूमिका प्रभावकारी, विद्युत् निर्यात बढाउनुपर्नेमा जोड
उर्जा उत्पादनमा निजी क्षेत्रको भूमिका प्रभावकारी, विद्युत् निर्यात बढाउनुपर्नेमा जोड
मनसुन सक्रिय, आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना
मनसुन सक्रिय, आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना
भोटेकोसी बाढीले त्रिशूलीको जलसतह ३ मिटर बढ्यो: बाढी महाशाखा
भोटेकोसी बाढीले त्रिशूलीको जलसतह ३ मिटर बढ्यो: बाढी महाशाखा
मधेसका मुख्यमन्त्रीविरुद्ध ७ दलको विरोध नवौँ दिन पनि जारी
मधेसका मुख्यमन्त्रीविरुद्ध ७ दलको विरोध नवौँ दिन पनि जारी