२६ जेष्ठ २०८२, आईतवार

बाढीले बागमती खोलाको डाइभर्सन बगायो, कान्ति लोकपथ अवरुद्ध

 

२१ वैशाख, काठमाडौं :

 गए रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले बागमती खोलाको डाइभर्सन बगाउँदा कान्ति लोकपथ अवरुद्ध भएको छ। कान्ति लोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा रहेको बागमती खोला डाइभर्सन बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उक्त डाइभर्सन बगाएपछि अज बिहान ६:०० बजेदेखि नै  सवारी साधनको आवतजावत अवरुद्ध भएको हो । अहिले प्रहरी टोली घटनास्थलमा खटिएको छ र अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको प्रहरीको भनाइ छ। प्रहरीले  यात्रीलाई हेटौँडाबाट काठमाडौं जान अन्य  मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?