राष्ट्रपति पौडेलसँग अजरबैजानका उपविदेशमन्त्रीको शिष्टाचार भेट

१९ वैशाख, काठमाडौँ ।
राष्ट्रपति रामचन्द्र पौड्लसँग अजरबैजानका उप विदेशमन्त्री एलनुर मामेडोभले शिष्टाचार भेट गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको भेटमा राष्ट्रपति पौडेलले दुई देशबिचको सम्बन्धमा नयाँ प्रगति भएकोमा खुसी व्यक्त गर्दै दुई देशबिचको सहकार्यका क्षेत्रहरूको पहिचान गरी मिलेर काम गर्नुपर्ने बताए । उनले कोप–२९ मा आफ्नो सहभागिताबारे स्मरण गर्दै आगामी दिनमा दुई देशको सम्बन्ध थप प्रगाढ बन्ने विश्वास व्यक्त गरे ।





Post Comment