सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

अदालतमा रवीन्द्रले स्वीकारे- आँखै अघि अश्रुग्यास खसेपछि आवेगमा आएँ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख १४, २०८२
|
|
४६ पटक हेरिएको
Shares
अदालतमा रवीन्द्रले स्वीकारे- आँखै अघि अश्रुग्यास खसेपछि आवेगमा आएँ

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले अश्रुग्यास प्रहार भएपछि आफू आवेगमा आएको बताएका छन् ।
  • म्याद थपका लागि आइतबार जिल्ला अदातल काठमाडौंमा लगिएका मिश्रले बहसका क्रममा आन्दोलनमा गएका व्यक्ति विरोधस्थलमा ध्यान गरेर बस्न नसक्ने समेत बताए ।
  • १५ चैत काठमाडौंको तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शनपछि सोही दिन राति प्रहरीले मिश्रलाई पक्राउ गरेको थियो ।

 

१४ वैशाख, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले अश्रुग्यास प्रहार भएपछि आफू आवेगमा आएको बताएका छन् । म्याद थपका लागि आइतबार जिल्ला अदातल काठमाडौंमा लगिएका मिश्रले बहसका क्रममा आन्दोलनमा गएका व्यक्ति विरोधस्थलमा ध्यान गरेर बस्न नसक्ने समेत बताए । १५ चैत काठमाडौंको तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शनपछि सोही दिन राति प्रहरीले मिश्रलाई पक्राउ गरेको थियो ।

त्यसयता मिश्र काठमाडौं जिल्ला प्रहरी परिसर काठमाडौंको इजलासमा छन् । मेरो आँखै अगाडि नाकै अगाडि अश्रुग्यास खपेपछि त्यो अश्रुग्यासबाट तरतर आँशु झारेर नवराजजीलाई बचाएर एक ठाउँमा राखेपछि र ममाथि अश्रुग्यास परेपछि स्वभाविक रुपमा म अलिकति आवेगमा आएकै हो,’ मिश्रले न्यायाधीशसमक्ष बहसका क्रममा भने । अश्रुग्यास आफू नजिक प्रहार हुनुअघि छरिएका प्रदर्शनकारीले के–के गरे त्यो बारेमा जानकारी नरहेको मिश्रले बताए । यसअघि राप्रपाले गरेका प्रदर्शनमा प्रहरीले रोक्दा पनि अघि बढ्न भनेजस्तै यसपटक पनि भनको मिश्रले बताए । ‘त्यहाँ के मैले प्रहरीको घेरा तोड्न प्रयास गरेको थिएँ ? के मैले संसद्मा आगो लगाऔं भनेको थिएँ ? संसद् घेर्न जाऔं भनेको थिएँ?,’ मिश्रले भनेका छन्, ‘मैले के कसैको घरमा आगो लागऔं भनेको थिएँ ? मैले कसैलाई ढुंगा हान भनेको थिएँ ? आन्दोलनमा भएको नेताले बोल्छ । हो मैले बोलें ।’

प्रदर्शनमा उत्रिएका नागरिकलाई अघि बढौं भनेको आधारमा एक महिना हिरासतमा राखिएको उनले न्यायाधीशलाई सुनाए । जति समय बढी हिरासतमा राखियो त्यति बढी आफूलाई नायक र राज्यलाई खलनायक बन्ने परिस्थिति हुँदै गएको उनले सुनाए । ‘त्यसो भन्नु मलाई हिरासतमा राख्नुपर्दछ भन्ने होइन । यो न्याय भएन भन्ने हो,’ मिश्रले भने, ‘म बाँकी जीवन नाक काटेर बाँच्न चाहन्नँ श्रीमान् ।’ राज्यले चाहँदा नागरिकलाई जेरीजस्तै घुमाइदिने अवस्था रहेको उनले सुनाए । त्यो जेरीलाई फुकाउन सक्ने न्यायालय मात्रै भएको मिश्रको भनाइ छ । १० वैशाखमा छुट्टे आशा भएपनि रिहा नगरिएको उनको भनाइ थियो। बयान सकिएको र भाग्ने अवस्था पनि नहुँदा समेत त्यो दिन नछोडिएको मिश्रले बताए । मिश्रले आज आमाको मुख हेर्ने दिनमा रिहा भएर आमालाई भेट्न पाउँ भनी न्यायाधीशसँग आग्रह गरे । तर, प्रहरीको अनुसन्धान अझै नसकिएको भन्दै सरकारी वकिलहरुले मिश्रलाई अझै कम्तीमा २० दिन हिरासतमा राख्न अनुमति दिनुपर्ने जिकिर इजलासमा गरेका छन् । यसअघि पनि २० दिनको अनुमति माग्दा बाँकी बयान सक्ने गरी भन्दै अदालतले तीन दिन म्याद थपिदिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देश गम्भीर अवस्थामा छ, सबै एक भएर अगाडि बढ्नुपर्छ : घिसिङ
देश गम्भीर अवस्थामा छ, सबै एक भएर अगाडि बढ्नुपर्छ : घिसिङ
सांसद सुनारले सदनमा उठाए सोती घटना, दलितमाथि भइरहेका अत्याचारप्रति ध्यानाकर्षण
सांसद सुनारले सदनमा उठाए सोती घटना, दलितमाथि भइरहेका अत्याचारप्रति ध्यानाकर्षण
प्रदर्शनकारी संसद भवन प्रवेश, तोडफोट र आजगनी गर्दै
प्रदर्शनकारी संसद भवन प्रवेश, तोडफोट र आजगनी गर्दै
प्रहरी ह*त्यामा संलग्न रहेको आरोपमा २ जना नाबालकविरुद्ध मुद्दा दायर
प्रहरी ह*त्यामा संलग्न रहेको आरोपमा २ जना नाबालकविरुद्ध मुद्दा दायर
बाढीले बागमती खोलाको डाइभर्सन बगायो, कान्ति लोकपथ अवरुद्ध
बाढीले बागमती खोलाको डाइभर्सन बगायो, कान्ति लोकपथ अवरुद्ध
आधुनिक प्रवृत्तिसँगै देखिने खर्चिलोपनलाई न्यूनीकरण गर्दै मौलिक संस्कृति जोगाउन अत्यावश्यक’
आधुनिक प्रवृत्तिसँगै देखिने खर्चिलोपनलाई न्यूनीकरण गर्दै मौलिक संस्कृति जोगाउन अत्यावश्यक’
जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन होस: सुशीला कार्की
जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन होस: सुशीला कार्की
मधेशका अधिकांश पुल निर्माण अलपत्र, पदमा रहे वा नरहे पनि खबरदारी गर्छु : मन्त्री घिसिङ
मधेशका अधिकांश पुल निर्माण अलपत्र, पदमा रहे वा नरहे पनि खबरदारी गर्छु : मन्त्री घिसिङ
बीमा प्राधिकरणका अध्यक्ष ओझाविरुद्ध अख्तियारमा उजुरी दर्ता
बीमा प्राधिकरणका अध्यक्ष ओझाविरुद्ध अख्तियारमा उजुरी दर्ता
काठमाडौँमा आज बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु
काठमाडौँमा आज बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु