अदालतमा रवीन्द्रले स्वीकारे- आँखै अघि अश्रुग्यास खसेपछि आवेगमा आएँ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख १४, २०८२
|
|
३० पटक हेरिएको
Shares
अदालतमा रवीन्द्रले स्वीकारे- आँखै अघि अश्रुग्यास खसेपछि आवेगमा आएँ

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले अश्रुग्यास प्रहार भएपछि आफू आवेगमा आएको बताएका छन् ।
  • म्याद थपका लागि आइतबार जिल्ला अदातल काठमाडौंमा लगिएका मिश्रले बहसका क्रममा आन्दोलनमा गएका व्यक्ति विरोधस्थलमा ध्यान गरेर बस्न नसक्ने समेत बताए ।
  • १५ चैत काठमाडौंको तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शनपछि सोही दिन राति प्रहरीले मिश्रलाई पक्राउ गरेको थियो ।

१४ वैशाख, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले अश्रुग्यास प्रहार भएपछि आफू आवेगमा आएको बताएका छन् । म्याद थपका लागि आइतबार जिल्ला अदातल काठमाडौंमा लगिएका मिश्रले बहसका क्रममा आन्दोलनमा गएका व्यक्ति विरोधस्थलमा ध्यान गरेर बस्न नसक्ने समेत बताए । १५ चैत काठमाडौंको तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शनपछि सोही दिन राति प्रहरीले मिश्रलाई पक्राउ गरेको थियो ।

त्यसयता मिश्र काठमाडौं जिल्ला प्रहरी परिसर काठमाडौंको इजलासमा छन् । मेरो आँखै अगाडि नाकै अगाडि अश्रुग्यास खपेपछि त्यो अश्रुग्यासबाट तरतर आँशु झारेर नवराजजीलाई बचाएर एक ठाउँमा राखेपछि र ममाथि अश्रुग्यास परेपछि स्वभाविक रुपमा म अलिकति आवेगमा आएकै हो,’ मिश्रले न्यायाधीशसमक्ष बहसका क्रममा भने । अश्रुग्यास आफू नजिक प्रहार हुनुअघि छरिएका प्रदर्शनकारीले के–के गरे त्यो बारेमा जानकारी नरहेको मिश्रले बताए । यसअघि राप्रपाले गरेका प्रदर्शनमा प्रहरीले रोक्दा पनि अघि बढ्न भनेजस्तै यसपटक पनि भनको मिश्रले बताए । ‘त्यहाँ के मैले प्रहरीको घेरा तोड्न प्रयास गरेको थिएँ ? के मैले संसद्मा आगो लगाऔं भनेको थिएँ ? संसद् घेर्न जाऔं भनेको थिएँ?,’ मिश्रले भनेका छन्, ‘मैले के कसैको घरमा आगो लागऔं भनेको थिएँ ? मैले कसैलाई ढुंगा हान भनेको थिएँ ? आन्दोलनमा भएको नेताले बोल्छ । हो मैले बोलें ।’

प्रदर्शनमा उत्रिएका नागरिकलाई अघि बढौं भनेको आधारमा एक महिना हिरासतमा राखिएको उनले न्यायाधीशलाई सुनाए । जति समय बढी हिरासतमा राखियो त्यति बढी आफूलाई नायक र राज्यलाई खलनायक बन्ने परिस्थिति हुँदै गएको उनले सुनाए । ‘त्यसो भन्नु मलाई हिरासतमा राख्नुपर्दछ भन्ने होइन । यो न्याय भएन भन्ने हो,’ मिश्रले भने, ‘म बाँकी जीवन नाक काटेर बाँच्न चाहन्नँ श्रीमान् ।’ राज्यले चाहँदा नागरिकलाई जेरीजस्तै घुमाइदिने अवस्था रहेको उनले सुनाए । त्यो जेरीलाई फुकाउन सक्ने न्यायालय मात्रै भएको मिश्रको भनाइ छ । १० वैशाखमा छुट्टे आशा भएपनि रिहा नगरिएको उनको भनाइ थियो। बयान सकिएको र भाग्ने अवस्था पनि नहुँदा समेत त्यो दिन नछोडिएको मिश्रले बताए । मिश्रले आज आमाको मुख हेर्ने दिनमा रिहा भएर आमालाई भेट्न पाउँ भनी न्यायाधीशसँग आग्रह गरे । तर, प्रहरीको अनुसन्धान अझै नसकिएको भन्दै सरकारी वकिलहरुले मिश्रलाई अझै कम्तीमा २० दिन हिरासतमा राख्न अनुमति दिनुपर्ने जिकिर इजलासमा गरेका छन् । यसअघि पनि २० दिनको अनुमति माग्दा बाँकी बयान सक्ने गरी भन्दै अदालतले तीन दिन म्याद थपिदिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण क्षमतामा सञ्चालन हुन्छ : अर्थमन्त्री पौडेल
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण क्षमतामा सञ्चालन हुन्छ : अर्थमन्त्री पौडेल
रविले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
रविले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
जनताको आधारभूत आवश्यकता पूरा गर्ने सरकारको उद्देश्य साकार हुँदैछ : मन्त्री यादव
जनताको आधारभूत आवश्यकता पूरा गर्ने सरकारको उद्देश्य साकार हुँदैछ : मन्त्री यादव
सरकारको नाममा धेरै ठूलो बदनामी भइरहेको छ : सभापति देउवा
सरकारको नाममा धेरै ठूलो बदनामी भइरहेको छ : सभापति देउवा
चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृ*त्यु, २ जना घाइते
चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृ*त्यु, २ जना घाइते
ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, पाँच जना घाइते
ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, पाँच जना घाइते
बुल्दीखोलामा छ करोडमा पक्की पुल निर्माण
बुल्दीखोलामा छ करोडमा पक्की पुल निर्माण
राप्रपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र, २०४६ साल पछिका सबै भ्रष्टाचार काण्डका फाइल खोलिनु पर्यो। 
राप्रपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र, २०४६ साल पछिका सबै भ्रष्टाचार काण्डका फाइल खोलिनु पर्यो। 
सुनको गरगहना चोरी गरेको आरोपमा ३ जना पक्राउ
सुनको गरगहना चोरी गरेको आरोपमा ३ जना पक्राउ
सिरहा लहानबाट ठूलो परिमाणको गाँजा सहित दुई जना पक्राउ
सिरहा लहानबाट ठूलो परिमाणको गाँजा सहित दुई जना पक्राउ