एनआरएनए अस्ट्रेलियाको सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख ११, २०८२
|
|
२८ पटक हेरिएको
Shares
एनआरएनए अस्ट्रेलियाको सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण

सारांश

  • गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अष्ट्रेलियाको आर्थिक सहयोगमा निर्माण गरिएको भेरी नगरपालिका–२ स्थित श्री शङ्कर भवन माध्यमिक विद्यालयको नवनिर्मितको भवनको आज हस्तान्तरण गरिएको छ ।
  • अष्ट्रेलियामा बस्ने नेपालीहरुबाट सङ्कलित २५ हजार अस्ट्रेलियन डलरको सहयोगमा उक्त भवन निर्माण गरिएको एनआरएनए अष्ट्रेलियाले जनाएको छ ।
  • उक्त भवनको एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले आज यहाँ आयोजित एक कार्यक्रममा उद्घाटन गर्नुभयो ।

११ वैशाखः जाजरकोट ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अष्ट्रेलियाको आर्थिक सहयोगमा निर्माण गरिएको भेरी नगरपालिका–२ स्थित श्री शङ्कर भवन माध्यमिक विद्यालयको नवनिर्मितको भवनको आज हस्तान्तरण गरिएको छ । अष्ट्रेलियामा बस्ने नेपालीहरुबाट सङ्कलित २५ हजार अस्ट्रेलियन डलरको सहयोगमा उक्त भवन निर्माण गरिएको एनआरएनए अष्ट्रेलियाले जनाएको छ ।

उक्त भवनको एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले आज यहाँ आयोजित एक कार्यक्रममा उद्घाटन गर्नुभयो । विसं २०७९ मा जाजरकोट भूकम्पका कारण क्षतिग्रस्त भवनको पुनःनिमार्णका लागि एनआरएन अष्ट्रेलियाको आर्थिक सहयोग र यार्सन जाजरकोटको प्राविधिक सहजीकरणमा भवन निर्माण गरिएको हो । अध्यक्ष पोखरेलले विद्यालयको भवन निर्माणमा सहयोग गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै आगामी दिनमा पनि यसप्रकारको सहयोगलाई निरन्तरता दिने बताउनुभयो । “अष्ट्रेलियामा रहेका नेपाली समुदायका तर्फबाट भूकम्प गएको समयमा राहत वितरण समेत गरिएको थियो”, उहाँले भन्नुभयो, “पछि विद्यालय निर्माणका लागि पनि सहयोग सङ्कलन गरिएको थियो । ”

विद्यालय भवन निर्माण आठ महिना अघि सुरु भएको हो ।  उक्त भवनमा चालु शैक्षिक सत्रबाट भवनमा पठनपाठन पनि सुरु भइसकेको छ । “यो सहयोगका लागि अष्ट्रेलियामा रहेको विभिन्न सङ्घसंस्था र व्यक्तिगरुको योगदान छ, आगामी दिनमा पनि यसप्रकारको सहयोग जारी रहनेछ”, उहाँले भन्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यप्रकाश सिंहले विद्यालय भवन निर्माणमा आर्थिक सहयोगका लागि एनआरएनए अष्ट्रेलियालाई धन्यवाद दिनुभयो । त्यसअवसरमा एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष शम्भु गाइसी, एनआरएनए ओसियानाका क्षेत्रीय संयोजक दिनेश पोखरेललगायत विद्यार्थी र स्थानीयको उपस्थिती थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महाधिवेशनको अन्योलबीच कांग्रेस कार्यसम्पादन समितिको बैठक आज
महाधिवेशनको अन्योलबीच कांग्रेस कार्यसम्पादन समितिको बैठक आज
हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने
हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने
यस्तो छ, सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ, सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
टिपरको ठक्करबाट किशोरको मृत्यु, एक जना घाइते
टिपरको ठक्करबाट किशोरको मृत्यु, एक जना घाइते
नेपाल टेलिकम घोटाला प्रकरण : प्रबन्ध निर्देशक पहाडी र सुनिल पौडेलसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल टेलिकम घोटाला प्रकरण : प्रबन्ध निर्देशक पहाडी र सुनिल पौडेलसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
जेनजी अगुवा पुरुषोत्तम यादव रास्वपा समानुपातिक उम्मेदवारको आकांक्षीको सूचीमा
जेनजी अगुवा पुरुषोत्तम यादव रास्वपा समानुपातिक उम्मेदवारको आकांक्षीको सूचीमा
नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट
नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट
राष्ट्रियसभा बैठक बस्ने
राष्ट्रियसभा बैठक बस्ने
नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण
नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण
दलाल र बिचौलियाको घेरामा पर्दा जंगलमा फसेजस्तो भयौं : प्रचण्ड
दलाल र बिचौलियाको घेरामा पर्दा जंगलमा फसेजस्तो भयौं : प्रचण्ड