बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख १०, २०८२
|
|
४१ पटक हेरिएको
Shares
बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृ*त्यु

सारांश

  • यस्तै एक जना पुरुष घाइते भएका छन् ।
  • इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालका अनुसार झापाको काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको गोरखा यातायातको को१ख ७४८२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको स४प ५८४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
  • दाहालका अनुसार उदयपुरको बेलका नगरपालिका–४ घर भएकी अन्दाजी ५५ वर्षीया कुमारी आचार्यको घटनास्थलमै मृत्यु भएको हो ।

 

१० वैशाख, विराटनगर :

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ मा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ । यस्तै एक जना पुरुष घाइते भएका छन् । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालका अनुसार झापाको काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको गोरखा यातायातको को१ख ७४८२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको स४प ५८४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

दाहालका अनुसार उदयपुरको बेलका नगरपालिका–४ घर भएकी अन्दाजी ५५ वर्षीया कुमारी आचार्यको घटनास्थलमै मृत्यु भएको हो । शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको छ । दुर्घटनामा परेर मोटरसाइकल चालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ का अन्दाजी ३५ वर्षीय हरि शर्मा गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि विराटनगरतर्फ पठाइएको जानकारी डीएसपी दाहालले जानकारी दिए । मृतक र घाइते दिदी–भाइ रहेको प्रहरीको भनाइ छ । दुर्घटनालगत्तै बस र चालक झापाको कनकाई नगरपालिका–४ का ५१ वर्षीय सुमनलाल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
 गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
नेपाली मिति लोड हुँदैछ...