बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृ*त्यु
१० वैशाख, विराटनगर :
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ मा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ । यस्तै एक जना पुरुष घाइते भएका छन् । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालका अनुसार झापाको काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको गोरखा यातायातको को१ख ७४८२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको स४प ५८४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
दाहालका अनुसार उदयपुरको बेलका नगरपालिका–४ घर भएकी अन्दाजी ५५ वर्षीया कुमारी आचार्यको घटनास्थलमै मृत्यु भएको हो । शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको छ । दुर्घटनामा परेर मोटरसाइकल चालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ का अन्दाजी ३५ वर्षीय हरि शर्मा गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि विराटनगरतर्फ पठाइएको जानकारी डीएसपी दाहालले जानकारी दिए । मृतक र घाइते दिदी–भाइ रहेको प्रहरीको भनाइ छ । दुर्घटनालगत्तै बस र चालक झापाको कनकाई नगरपालिका–४ का ५१ वर्षीय सुमनलाल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

Post Comment