गभर्नरमा उमेरहद : ६५ वर्ष नाघेकालाई गभर्नर बनाउन नपाइने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २, २०८२
|
|
५७ पटक हेरिएको
Shares
गभर्नरमा उमेरहद : ६५ वर्ष नाघेकालाई गभर्नर बनाउन नपाइने

सारांश

  • सरकारले ६५ वर्ष उमेर नाघेका व्यक्तिलाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउन तत्काल नपाउने भएको छ ।
  • सर्वोच्च अदालतले गभर्नर बन्न ६५ वर्षे उमेर हद हटाएर जारी गरेको अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायको सदस्य तथा पदाधिकारी नियुक्ति मापदण्ड विरुद्ध परेको रिटमा मंगलबार सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश मार्फत तत्कालका लागि सो मापदण्ड कार्यान्वयन रोकिदिएको हो ।
  • सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले अन्तरिम आदेश मार्फत मापदण्ड कार्यान्वयन रोक्दै सो विषयमा छलफल गर्न विपक्षीलाई सुचना दिएको छ ।

२ वैशाख, काठमाडौँ ।

सरकारले ६५ वर्ष उमेर नाघेका व्यक्तिलाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउन तत्काल नपाउने भएको छ । सर्वोच्च अदालतले गभर्नर बन्न ६५ वर्षे उमेर हद हटाएर जारी गरेको अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायको सदस्य तथा पदाधिकारी नियुक्ति मापदण्ड विरुद्ध परेको रिटमा मंगलबार सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश मार्फत तत्कालका लागि सो मापदण्ड कार्यान्वयन रोकिदिएको हो । सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले अन्तरिम आदेश मार्फत मापदण्ड कार्यान्वयन रोक्दै सो विषयमा छलफल गर्न विपक्षीलाई सुचना दिएको छ ।

सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि उमेर नचाहिने गरी मापदण्डमा गरेको संशोधनलाई चुनौती दिँदै सर्वोच्च अदालतमा आइतबार रिट निवेदन दायर भएको थियो । अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले सरकारको निर्णयलाई चुनौती दिँदै सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । २७ फागुनको अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयन सम्बन्धी मापदण्ड २०७३ को दफा ३ (ग) हटाएर नेपाल सरकारले गभर्नर नियुक्तिमा उमेरको योग्यताको प्रावधान हटाइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालका स्पीनरको कसिलो बलिङमा हङकङ ११५ रनमा अलआउट
नेपालका स्पीनरको कसिलो बलिङमा हङकङ ११५ रनमा अलआउट
भक्त राना मगरलाई क्रान्तिकारी, इमान्दार र निष्ठावान योद्धाको रूपमा स्मरण गर्नुपर्छः प्रचण्ड
भक्त राना मगरलाई क्रान्तिकारी, इमान्दार र निष्ठावान योद्धाको रूपमा स्मरण गर्नुपर्छः प्रचण्ड
आदिवासी आयोगद्वारा प्रदेश प्रमुखलाई प्रतिवेदन हस्तान्तरण
आदिवासी आयोगद्वारा प्रदेश प्रमुखलाई प्रतिवेदन हस्तान्तरण
पाकिस्तानी सेनाले आफ्नै देशमा खसाल्यो बम, ३० जनाको मृ*त्यु
पाकिस्तानी सेनाले आफ्नै देशमा खसाल्यो बम, ३० जनाको मृ*त्यु
सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
साफ यू–१७ च्याम्पियनसिपः नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
साफ यू–१७ च्याम्पियनसिपः नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का ठगी आरोपमा पक्राउ
कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का ठगी आरोपमा पक्राउ
हरी उपरीक्षक सुवास चन्द्र बोहरा प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस
हरी उपरीक्षक सुवास चन्द्र बोहरा प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस
सुडानी सेनाको विमान बस्तीमा खस्यो, १० जनाको मृत्यु
सुडानी सेनाको विमान बस्तीमा खस्यो, १० जनाको मृत्यु