चिनियाँ तस्कर दाओजिन वाङका चालक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन १७, २०८०
|
|
२६ पटक हेरिएको
Shares
चिनियाँ तस्कर दाओजिन वाङका चालक पक्राउ

सारांश

  • विद्युतीय सिगरेट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा प्रहरीले तस्कर समूहका चिनियाँ नागरिक दावोजिन वाङका गाडी चालक लोकेन्द्र पौडेललाई पक्राउ गरेको छ ।
  • केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई केही दिनअघि पक्राउ गरेको एक अधिकृतले बताए ।
  • चौतर्फी दबाबपछि सीआईबीले १३ भदौमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई पक्राउ गरेर सुन तस्करीबारे फेरि अनुसन्धान थालेको थियो ।

१७ असोज, काठमाडौं । विद्युतीय सिगरेट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा प्रहरीले तस्कर समूहका चिनियाँ नागरिक दावोजिन वाङका गाडी चालक लोकेन्द्र पौडेललाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई केही दिनअघि पक्राउ गरेको एक अधिकृतले बताए । चौतर्फी दबाबपछि सीआईबीले १३ भदौमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई पक्राउ गरेर सुन तस्करीबारे फेरि अनुसन्धान थालेको थियो । दोस्रो पटक थालिएको अनुसन्धानका क्रममा पौडेल पक्राउ परेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा नियमित जाँचका क्रममा २९ माघ २०७९ मा दुई वटा सुटकेशभित्र ७३ बट्टामा ७३० वटा भेप बरामद भएको थियो ।

गोदाममा राखिएका बेला त्यसमा सुन भएको थाहा पाएपछि भन्सारका नायब सुब्बा समेतको मिलेमतोमा भेप साटफेर गरेर ९ किलो सुन बिक्री गरिएको खुलेको थियो । प्रकरणमा अनुसन्धान गरेर सीआईबीले २७ असार २०८० मा जिल्ला अदालत, काठमाडौंमा आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा अभियोग पत्र दायर गरेको थियो । त्यसमा कृष्णबहादुर महरा र उनका छोरा राहुलको नाम समेत उल्लेख भएपछि उनीहरुमाथि अनुसन्धान गर्न दबाब बढेको थियो ।

पौडेलको दाबी – ड्राइभर हुँ, सुनबारे थाहा छैन

पक्राउ पर्नु केही साताअघि अनलाइनखबरसँग कुरा गर्दै पौडेलले आफू वाङको सवारी चालक भएको खुलाएका थिए । यसअघि सीआईबीले दायर गरेको मुद्दाको अभियोग पत्रमा उनलाई सुन ल्याउने समूहका व्यक्तिहरुको सूचीमा राखिएको थियो । त्यसमा तस्कर समूहका दाओजिङ वाङसँग उनको ६५१ पटक सम्पर्क भएको विवरण राखिएको थियो । अर्का चिनियाँ नागरिक लुईले समेत उनलाई ३ पटक फोन गरेका थिए ।

लोकेन्द्रले अनलाइनखबरसँग कुरा गर्दै लुई वाङको कार्यालय आइरहने भएकाले सम्पर्क रहेको बताएका थिए । ‘वाङ चाहिँ फलफूलको व्यापार गर्नुहुन्थ्यो, मैले उहाँको गाडी कुदाउने हो, सुनबारे केही थाहा भएन’, उनले अनलाइनखबरसँग भनेका थिए । यही प्रकरणमा ब्यूरोले सोमबार पूर्वसभामुख महरालाई समेत बयान कागज गराएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसको देशव्यापी चुनावी समीक्षा धनगढीबाट सुरू हुँदै
कांग्रेसको देशव्यापी चुनावी समीक्षा धनगढीबाट सुरू हुँदै
खुर्सानीको बोराभित्र लुकाएको लागूऔषधसहित एक जना पक्राउ
खुर्सानीको बोराभित्र लुकाएको लागूऔषधसहित एक जना पक्राउ
सिंहदरबारभित्रै छिरे प्रदर्शनकारी
सिंहदरबारभित्रै छिरे प्रदर्शनकारी
प्रत्यक्ष निर्वाचित प्रणालीमा जाऔं, प्रधानमन्त्रीसँग चुनाव लड्न तयार छौं– ज्ञानेन्द्र शाही
प्रत्यक्ष निर्वाचित प्रणालीमा जाऔं, प्रधानमन्त्रीसँग चुनाव लड्न तयार छौं– ज्ञानेन्द्र शाही
राष्ट्रिय परिचय पत्र लिन गएका वृद्धको सिडिओ कार्यालयमा लडेर मृत्यु
राष्ट्रिय परिचय पत्र लिन गएका वृद्धको सिडिओ कार्यालयमा लडेर मृत्यु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
७५ जिल्लामा ५ हजार नाघे डेंगु संक्रमित, दशैंमा झन् जोखिम
७५ जिल्लामा ५ हजार नाघे डेंगु संक्रमित, दशैंमा झन् जोखिम
खाँडादेवीको दर्शन: राजधानी नजिकैको धार्मिक यात्राको उपयुक्त स्थल
खाँडादेवीको दर्शन: राजधानी नजिकैको धार्मिक यात्राको उपयुक्त स्थल
बाइस लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
बाइस लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची