नेपालगन्ज घटनामा घाइते भएका २२ जनामध्ये २१ जना घर फर्किए

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन १७, २०८०
|
|
३३ पटक हेरिएको
Shares
नेपालगन्ज घटनामा घाइते भएका २२ जनामध्ये २१ जना घर फर्किए

सारांश

  • नेपालगन्ज घटनामा घाइते भएका २२ जनामध्ये २१ जना उपचारपछि घर फर्किएका छन् ।
  • जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्जमा शान्ति सुव्यवस्था कायम गर्ने क्रममा दुई समूहबीच भएको झडपमा हालसम्म ५ जना सुरक्षाकर्मी र १७ जना सर्वसाधारण सहित २२ जना घाइते भएकोमा २१ जना उपचारपछि घर फर्किएको जनकारी दिएको हो ।
  •  उनीहरु विभिन्न स्वास्थ्य संस्थामा उपचार भए पश्चात घर फर्किएको र १ जना सर्वसाधारणको अझै भेरी अस्पतालमा उपचार भैरहेको प्रशासनको भनाइ छ ।

१७ असोज, काठमाडौँ । नेपालगन्ज घटनामा घाइते भएका २२ जनामध्ये २१ जना उपचारपछि घर फर्किएका छन् ।

जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्जमा शान्ति सुव्यवस्था कायम गर्ने क्रममा दुई समूहबीच भएको झडपमा हालसम्म ५ जना सुरक्षाकर्मी र १७ जना सर्वसाधारण सहित २२ जना घाइते भएकोमा २१ जना उपचारपछि घर फर्किएको जनकारी दिएको हो ।  उनीहरु विभिन्न स्वास्थ्य संस्थामा उपचार भए पश्चात घर फर्किएको र १ जना सर्वसाधारणको अझै भेरी अस्पतालमा उपचार भैरहेको प्रशासनको भनाइ छ । नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र हिजो दिउँसो १ बजेदेखि जारी अनिश्चितकालिन कर्फ्यू आदेश कायमै रहेको पनि प्रशासनले जनाएको छ ।

नेपालगंजमा धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्नेगरी सामाजिक सञ्जाल तथा अन्य माध्यममा कुनै पनि किसिमको लेखेर, बोलेर र श्रव्यदृश्य जस्ता संचार सामग्रीहरु प्रचार प्रसार नगर्न नगराउन प्रशासनले पुनः अनुरोध गरेको छ ।  त्यस्ता गतिबिधि गरे गराएको पाइएमा प्रचलित कानून बमोजिम कडा कारवाही गरिने प्रशासनले स्पष्ट गरेको छ । सद्भावको शहरको रुपमा परिचित नेपालगंजको गरिमालाई कायम राख्न  प्रशासनले समस्त राजनितीक दल, धार्मिक अगुवाहरु, नागरिक समाज, सञ्चारकर्मी लगायतलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण
रविको मुद्दा फिर्ताविरुद्धको रिटमा आज पनि आएन आदेश, ‘हेर्दाहेर्दै’ मा सकियो सुनुवाइ
रविको मुद्दा फिर्ताविरुद्धको रिटमा आज पनि आएन आदेश, ‘हेर्दाहेर्दै’ मा सकियो सुनुवाइ
आज कोजाग्रत पूर्णिमा: दशैंलाई विदा, लक्ष्मीको स्वागत
आज कोजाग्रत पूर्णिमा: दशैंलाई विदा, लक्ष्मीको स्वागत
लुम्बिनीमा लोसपाका सन्तोष पाण्डे मन्त्री नियुक्त
लुम्बिनीमा लोसपाका सन्तोष पाण्डे मन्त्री नियुक्त
सुनको मूल्य सामान्यरुपमा बढ्दा चाँदीको मूल्य ह्वात्तै बढ्यो
सुनको मूल्य सामान्यरुपमा बढ्दा चाँदीको मूल्य ह्वात्तै बढ्यो
सर्वोच्चको आदेश- पाथीभरामा केबलकारको काम रोक्नू
सर्वोच्चको आदेश- पाथीभरामा केबलकारको काम रोक्नू
सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ
सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ
रास्वपाले उपसभामुखमा श्रम संस्कृतिलाई समर्थन गरेपछि ज्ञानेन्द्र शाही रुष्ट
रास्वपाले उपसभामुखमा श्रम संस्कृतिलाई समर्थन गरेपछि ज्ञानेन्द्र शाही रुष्ट
जेनजी आन्दोलनमा ताकिताकी गोली हान्ने आदेश थिएन, प्रहरीसँग नभएका हतियारले गोली हानिएको छ : ओली
जेनजी आन्दोलनमा ताकिताकी गोली हान्ने आदेश थिएन, प्रहरीसँग नभएका हतियारले गोली हानिएको छ : ओली
नौ वर्षमा पनि पूरा भएन मध्यपहाडी लोकमार्गको बागलुङ सडकखण्ड
नौ वर्षमा पनि पूरा भएन मध्यपहाडी लोकमार्गको बागलुङ सडकखण्ड