नेपाल माल्दिभ्सविरुद्ध १३८ रनले विजयी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १४, २०८०
|
|
४१ पटक हेरिएको
Shares
नेपाल माल्दिभ्सविरुद्ध १३८ रनले विजयी

सारांश

  • चीनको हाङजाओमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत टी-२० क्रिकेटमा नेपालले माल्दिभ्सलाई १३८ रनले हराएको छ।
  • २१३ रनको चुनौती पछ्याएको माल्दिभ्सलाई ७४ रनमा अलआउट गर्दै नेपालले सानदार जित दर्ता गरेको हो।
  • नेपालको जितमा अभिनास बोहरा नायक बने।

१४ असोज, काठमाडौं । चीनको हाङजाओमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत टी-२० क्रिकेटमा नेपालले माल्दिभ्सलाई १३८ रनले हराएको छ।

२१३ रनको चुनौती पछ्याएको माल्दिभ्सलाई ७४ रनमा अलआउट गर्दै नेपालले सानदार जित दर्ता गरेको हो। नेपालको जितमा अभिनास बोहरा नायक बने। अभिनासले माल्दिभ्सविरुद्ध ६ विकेट लिए। नेपालको जीतमा नायक बनेका अभिनाशले दुई वटा ओभरमा ३–३ विकेट लिँदै माल्दिभ्सलाई सस्तोमा समेट्न ठुलो योगदान दिए । उनले ३.४ ओभर बलिङ गर्दै मात्र ११ रन खर्चेर ६ विकेट लिए । सोमपाल कामी, गुल्शन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले एक–एक विकेट लिए । माल्दिभ्सका मात्र तीन खेलाडीले दोहोरो अंकमा रन बनाए । मुभियाथ गानीले ३६ रन बनाए भने रसिद रासमले १२ रन तथा फरिद सिउसले १० रनको योगदान दिए । माल्दिभ्सका ६ जना खेलाडीले खाता पनि खोल्न सकेनन् ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १२ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक बनाए । रन आउट हुन अघि उनले २७ बलमा ५२ रन बनाएका थिए । यस क्रममा उनले ३ चौका र ३ छक्का हिर्काए । माल्दिभ्सविरुद्धको खेलमा कीर्तिमानी शतक बनाएका कुशल मल्ल ४७ रनमा नटआउट रहे । उनले आक्रामक पारी खेल्दै २० बलमा ३ चौका र २ छक्का हिर्काए ।

यसअघि, ओपनर कुशल भुर्तेलले १८ बलमा ३५ रन बनाउँदै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । भुर्तेलले ५ चौका र १ छक्का हिर्काए । गुल्शन झाले पनि समान ३५ रन बनाए । उनले २१ बलको सामना गर्दै १ चौका र तीन छक्का हिर्काए । माल्दिभ्सका लागि नजवान इस्माइलले ३ विकेट लिए भने नसिर इस्माइल, मोहमद मुइभान र थोलाल मोहमद रायाले १–१ विकेट लिए । नेपालले पहिलो खेलमा मंगोलियालाई हराएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पानी संकटमा ट्यांकरमार्फत निःशुल्क पानी वितरण, स्थानीयलाई राहत
पानी संकटमा ट्यांकरमार्फत निःशुल्क पानी वितरण, स्थानीयलाई राहत
विद्यालयसहित १४ भन्दा बढी घर बगायो, ७ वटा जोखिममा
विद्यालयसहित १४ भन्दा बढी घर बगायो, ७ वटा जोखिममा
एकैपटक ११ कानुन तथा नीति ल्याउने तयारीमा स्वास्थ्य मन्त्रालय
एकैपटक ११ कानुन तथा नीति ल्याउने तयारीमा स्वास्थ्य मन्त्रालय
सुदन किरातीले दिए प्रलोपाको साधारण सदस्यसमेतबाट राजीनामा
सुदन किरातीले दिए प्रलोपाको साधारण सदस्यसमेतबाट राजीनामा
त्रिशूलीमा खस्यो ट्रक : चालकको मृत्यु, सहचालक घाइते
त्रिशूलीमा खस्यो ट्रक : चालकको मृत्यु, सहचालक घाइते
विद्युत्‌को पोलमा ज्यान गुमाएका सर्लाहीको उपेशको परिवारलाई १० लाख क्षतिपूर्ति
विद्युत्‌को पोलमा ज्यान गुमाएका सर्लाहीको उपेशको परिवारलाई १० लाख क्षतिपूर्ति
स्थानीय ‘सम्पदा’ संरक्षणमा जुटे घरपझोङका युवा
स्थानीय ‘सम्पदा’ संरक्षणमा जुटे घरपझोङका युवा
भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ
भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ
महाकुम्भ मेला विश्व इतिहासमा अदभूत : ६६ करोडभन्दा बढी व्यक्तिले गरे गंगा नदीमा स्नान
महाकुम्भ मेला विश्व इतिहासमा अदभूत : ६६ करोडभन्दा बढी व्यक्तिले गरे गंगा नदीमा स्नान
स्रोत नखुलेको दुई लाख भन्दा बढि रुपैयाँसहित भारतीय पक्राउ
स्रोत नखुलेको दुई लाख भन्दा बढि रुपैयाँसहित भारतीय पक्राउ