दोहोरो अंकले घट्यो सेयर बजार

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र ३, २०८१
|
|
३४ पटक हेरिएको
Shares
दोहोरो अंकले घट्यो सेयर बजार

सारांश

  • साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ ।
  • आइतबार २१.
  • ६३ अंकले घटेको सेयर बजार २७१४.

३ चैत, काठमाडौं ।

साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार २१.६३ अंकले घटेको सेयर बजार २७१४.८५ बिन्दुमा झरेर रोकिएको छ । आइतबार ०.७९ प्रतिशतले बजार घटेको हो । कुल ३ सय १६ धितोपत्रको ७९ हजार ३१ कारोबार भएको छ । कुल १ करोड ३९ लाख ७४ हजार ४ सय ५२ कित्ता सेयर किनबेच भएको छ भने कारोबार रकम ६ अर्ब ८३ करोड ६६ लाख ४० हजार ४ सय ७ रुपैयाँ बराबर भएको छ । आइतबार व्यापार उपसूचक बाहेक सबै उपसूचकको मूल्य घटेको छ ।

सबैभन्दा धेरै विकास बैंक समूहका लगानीकर्ताले आज घाटा बेहोरेका छन् । यस उपसूचकको मूल्य २.२५ प्रतिशतले घटेको छ । व्यापार उपसूचक भने ४.९२ प्रतिशतले बढेको छ । आइतबार सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाए । यस संस्थाको मूल्य ८.१९ प्रतिशतले बढेर २ हजार ३ सय ९० रुपैयाँ पुगेको छ ।  विशाल बजार कम्पनी, आरएसडीसी लघुवित्त वित्तीय संस्था, अपर हेवाखोला हाइड्रो सहित धितोपत्रको आज मूल्य बढेको छ ।

आइतबार ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यो धितोपत्रको मूल्य ७.९१ प्रतिशतले घटेर १ हजार २ सय ५८ रुपैयाँमा झरेको छ । यस दिन पिपुल्स हाइड्रो, विन नेपाल लघुवित्त वित्तीय संस्था, प्रभु इन्स्योरेन्स, महालक्ष्मी विकास बैंकसहित लगानीकर्ताले धेरै गुमाएका छन् । हिमालयन रिइन्स्योरेन्सको आज धेरै कारोबार भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक जारी
कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक जारी
पेरिसडाँडा अवलोकनपछि प्रचण्डले भने– नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ
पेरिसडाँडा अवलोकनपछि प्रचण्डले भने– नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ
छानबिन समितिको प्रतिवेदनका आधारमा सहकारी ठगहरुलाई कारबाही गर्छौं : उपप्रधानमन्त्री सिंह
छानबिन समितिको प्रतिवेदनका आधारमा सहकारी ठगहरुलाई कारबाही गर्छौं : उपप्रधानमन्त्री सिंह
निषेधित क्षेत्र नेताहरुले तोड्छौँ, हामीलाई डर छैन: उपाध्यक्ष तामाङ
निषेधित क्षेत्र नेताहरुले तोड्छौँ, हामीलाई डर छैन: उपाध्यक्ष तामाङ
झोलुङ्गे पुल सञ्चालनमा आएपछि स्वरोजगार बन्दै स्थानीय
झोलुङ्गे पुल सञ्चालनमा आएपछि स्वरोजगार बन्दै स्थानीय
युवालाई लक्षित ‘उदय परियोजना’ सुरु गर्दै कोशी सरकार, सहुलियत ऋणमा ३ करोडसम्म लगानी
युवालाई लक्षित ‘उदय परियोजना’ सुरु गर्दै कोशी सरकार, सहुलियत ऋणमा ३ करोडसम्म लगानी
खेलाडी देशको गौरव हुन्ः मन्त्री चौधरी
खेलाडी देशको गौरव हुन्ः मन्त्री चौधरी
सिभिल अस्पताल पुगिन् रास्वपा सांसद डा. तोसिमा कार्की
सिभिल अस्पताल पुगिन् रास्वपा सांसद डा. तोसिमा कार्की
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छः मन्त्री अधिकारी
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छः मन्त्री अधिकारी
यस्तो छ तपाईको आजको राशिफल
यस्तो छ तपाईको आजको राशिफल