प्रतिपक्षकाे विरोधपछि सुदूरपश्चिम प्रदेशसभाकाे बैठक स्थगित, सरकारले अनावश्यक खर्च बढाएको आराेप

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन २७, २०८१
|
|
२६ पटक हेरिएको
Shares
प्रतिपक्षकाे विरोधपछि सुदूरपश्चिम प्रदेशसभाकाे बैठक स्थगित, सरकारले अनावश्यक खर्च बढाएको आराेप

सारांश

  • सुदूरपश्चिम प्रदेशसभाको बैठक प्रतिपक्षी दलको विरोधलगत्तै स्थगित भएको छ ।
  • पाँचौं अधिवेशनको १९ औं बैठक सुरु भएलगत्तै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र सांसदहरुले उठेर विरोध जनाए ।
  • सभामुख भीम भण्डारीले पटकपटक बस्न आग्रह गर्दा पनि प्रतिपक्ष दलका सांसदहरु बसेनन् ।

२७ फागुन, कैलाली । सुदूरपश्चिम प्रदेशसभाको बैठक प्रतिपक्षी दलको विरोधलगत्तै स्थगित भएको छ । पाँचौं अधिवेशनको १९ औं बैठक सुरु भएलगत्तै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र सांसदहरुले उठेर विरोध जनाए । सभामुख भीम भण्डारीले पटकपटक बस्न आग्रह गर्दा पनि प्रतिपक्ष दलका सांसदहरु बसेनन् । सभामुख भण्डारीले नेकपा एसका नरेश शाहीलाई विषयवस्तु राख्न भनेपछि उनले सरकारको कार्यशैलीबारे टिप्पणी गरे ।

प्रदेश गरिबीको चपेटामा हुँदा सरकारले खर्च कम गर्नुभन्दा बढाउन लागेको शाहीले आरोप लगाए । ‘हामी गरिबीको चपेटामा छौं । विभिन्न समस्याले च्यापिएका छौं । हामी ३४ प्रतिशत गरिबीमा छौं । २४ दिनसम्म राजस्व उठाउन सकेनौं । हामीले गरेको कमजोरीले व्यवसायी मारमा परे’, शाहीले भने । उनले आम्दानी बढाउनुपर्ने र खर्च कम गर्नुपर्ने अवस्थामा सरकारले नियुक्ति र नीति आयोगमा खर्च बढाउने गरी अगाडि बढेको आरोप लगाए । हाम्रो आम्दानी वृद्धि गर्नु छ । अनावश्यक खर्च कटौती गर्नुछ ।

अनावश्यक खर्च कटौती गर्नुको सट्टा सरकारबाट खर्च बढिरहेको छ’, उनले भने, ‘केही सल्लाहकारको पद सृजना गरेर नीति तथा प्रदेश योजना आयोगमा ३ जनाको ठाउँमा पाँच बनाइयो । त्यसमा हाम्रो असहमति छ । प्रदेश स।कारको तर्फबाट अविलम्ब सच्याइनुपर्छ भन्ने हामी माग गर्दछौं ।’ सभामुखमार्फत सरकारलाई रुलिङ गर्न पनि उनले माग गरे । आफ्नो धारणा राखेपछि पनि प्रतिपक्ष दलका सांसदहरु नबसेपछि सभामुखले अर्को सूचना जारी नहुँदासम्मको लागि बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
दोस्रो खेलमा नेपाल एक रनले पराजित, अफगानिस्तानलाई शृंखला
दोस्रो खेलमा नेपाल एक रनले पराजित, अफगानिस्तानलाई शृंखला
मधेश सरकारको योजनाको चिठी बिक्रीबारे संसदीय छानबिन समिति गठन गरिने
मधेश सरकारको योजनाको चिठी बिक्रीबारे संसदीय छानबिन समिति गठन गरिने
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा बस पुर्‍यो, केही यात्रु बेपत्ता
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा बस पुर्‍यो, केही यात्रु बेपत्ता
फुटसल प्रतियोगिताको उपाधी आवास फुटबल क्लबलाई
फुटसल प्रतियोगिताको उपाधी आवास फुटबल क्लबलाई
त्रिशूली बाढीले २ सय मेगावाट विद्युत् उत्पादन बन्द
त्रिशूली बाढीले २ सय मेगावाट विद्युत् उत्पादन बन्द
भारत–रूस बिच आणविक ऊर्जा, अन्तरिक्ष, व्यापारदेखि आर्कटिक सहयोगसम्म विस्तृत सहमति
भारत–रूस बिच आणविक ऊर्जा, अन्तरिक्ष, व्यापारदेखि आर्कटिक सहयोगसम्म विस्तृत सहमति
मोटरसाइकल दु*र्घटना हुँदा दुई जनाको मृ*त्यु
मोटरसाइकल दु*र्घटना हुँदा दुई जनाको मृ*त्यु
रिहा भए दुर्गा प्रसाईंका दुई बडिगार्ड
रिहा भए दुर्गा प्रसाईंका दुई बडिगार्ड
सहिदका सपना पूरा गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता
सहिदका सपना पूरा गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता