२६ जेष्ठ २०८२, आईतवार

अस्ट्रेलियन कप्तान स्टिभ स्मिथले वानडे क्रिकेटबाट सन्यासको घोषणा

 

२१ फागुन, अस्ट्रेलियन क्रिकेट टोलीका कप्तान स्टिभ स्मिथले आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को सेमिफाइनलमा भारतसँगको पराजयपछि एकदिवसीय अन्तर्राष्ट्रिय (वानडे) क्रिकेटबाट सन्यास लिएका छन्। स्मिथले अस्ट्रेलियाका लागि १७० वनडे खेल्दै ५८०० रन बनाएका थिए, जसमा १२ शतक र ३५ अर्धशतक सामेल छन्। उनी अस्ट्रेलियाको २०१५ र २०२३ विश्वकप विजेता टोलीका महत्वपूर्ण सदस्य थिए। सन्यासको घोषणा गर्दै स्मिथले भने, “यो अविस्मरणीय यात्रा रह्यो।

दुई विश्वकप जित्नु अविश्वसनीय अनुभव रह्यो। अब २०२७ विश्वकपको तयारी गर्न नयाँ खेलाडीहरूलाई मौका दिन सही समय आएको छ।” उनले टेस्ट क्रिकेटलाई प्राथमिकता दिने बताउँदै भने, “अब मेरो ध्यान टेस्ट क्रिकेटमा छ। आगामी विश्व टेस्ट च्याम्पियनसिप फाइनल, वेस्ट इन्डिज भ्रमण र इंग्ल्यान्डविरुद्धको श्रृंखलामा म केन्द्रित छु।” अस्ट्रेलियन क्रिकेट टिमका प्रमुख चयनकर्ता जर्ज बेलीले स्मिथको निर्णयलाई समर्थन गर्दै भने, “स्टिभको योगदान असाधारण छ। दुईपटक विश्वविजेता भएर वनडे क्रिकेटबाट बिदा लिनु उनको महानता दर्शाउँछ।” स्मिथ अब टेस्ट र टी-२० फर्म्याटमा आफ्नो करियर निरन्तरता दिनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?