३०० ग्राम ब्राउनसुगरसहित झापाबाट दुई जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन १७, २०८१
|
|
२९ पटक हेरिएको
Shares
३०० ग्राम ब्राउनसुगरसहित झापाबाट दुई जना पक्राउ

सारांश

  • पक्राउ पर्नेहरूमा तनहुँ भानु नगरपालिका– १२ कवाजित निवासी २४ बर्षीय सुदिप बिक र सुनसरी रामधुनी नगरपालिका– ३ सिंघिया निवासी २७ वर्षीय हिरालाल बिक रहेका छन् ।
  • उनीहरूको साथबाट प्लास्टिकसहित ३०१ ग्राम ब्राउनसुगर बरामद भएको छ ।
  • सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुर मातहत रहेको बिओपी महेशपुरको टोलीले हिजो साँझ ६ बजे भारतबाट बा ९० प १६७५ नम्बरको स्कुटर चढेर नेपाल आउँदै गरेका उनीहरूलाई भद्रपुर– ३ मेचीपारिस्थित झोलुङ्गे पुलमा शङ्का लागेर चेकजाँच गरेको थियो ।

झापा- झापाको भद्रपुरमा ठुलो परिमाणमा लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तनहुँ भानु नगरपालिका– १२ कवाजित निवासी २४ बर्षीय सुदिप बिक र सुनसरी रामधुनी नगरपालिका– ३ सिंघिया निवासी २७ वर्षीय हिरालाल बिक रहेका छन् ।

उनीहरूको साथबाट प्लास्टिकसहित ३०१ ग्राम ब्राउनसुगर बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुर मातहत रहेको बिओपी महेशपुरको टोलीले हिजो साँझ ६ बजे भारतबाट बा ९० प १६७५ नम्बरको स्कुटर चढेर नेपाल आउँदै गरेका उनीहरूलाई भद्रपुर– ३ मेचीपारिस्थित झोलुङ्गे पुलमा शङ्का लागेर चेकजाँच गरेको थियो ।

त्यसक्रममा स्कुटरको ब्याट्री बक्सभित्र लुकाइछपाई राखिएको तीन वटा पोकामा २९८ ग्राम र एउटा पोकामा ३ ग्राम ब्राउनसुगर फेला परेको थियो । उनीहरूले ब्राउनसुगर भारतीय सीमावर्ती बजारबाट खरिद गरी ल्याएको र काठमाडौँ पठाउन खोजेको बताइएको छ । सशस्त्रले दुवै जनालाई ब्राउनसुगर, नगद १६ हजार ४१० रुपैयाँ, दुई थान मोबाइल र स्कुटरसहित आवश्यक कारबाही लागि वडा प्रहरी कार्यालय भद्रपुर बुझाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्कटल्याण्डका जर्ज मन्सेले विराटनगरबाट एनपीएल खेल्ने
स्कटल्याण्डका जर्ज मन्सेले विराटनगरबाट एनपीएल खेल्ने
कीर्तिपुर क्रिकेट मैदान खाली गर्न त्रिविको ३५ दिने अल्टिमेटम
कीर्तिपुर क्रिकेट मैदान खाली गर्न त्रिविको ३५ दिने अल्टिमेटम
शिक्षा र सुविधाको अभावले नेपालका जनजाति समुदायहरु पछाडि परे : मन्त्री चौधरी
शिक्षा र सुविधाको अभावले नेपालका जनजाति समुदायहरु पछाडि परे : मन्त्री चौधरी
नर्स निशा मेहता बनिन् स्वास्थ्यमन्त्री
नर्स निशा मेहता बनिन् स्वास्थ्यमन्त्री
रवि लामिछानेसँग आज पनि बयान लिइँदै
रवि लामिछानेसँग आज पनि बयान लिइँदै
विकासका क्षेत्रमा लगानीअनुसार उपभोग भएको छैन : मुख्यमन्त्री पाण्डे
विकासका क्षेत्रमा लगानीअनुसार उपभोग भएको छैन : मुख्यमन्त्री पाण्डे
साढे ५ महिनामा विराटनगरको आन्तरिक आम्दानी २३ करोड ३५ लाख
साढे ५ महिनामा विराटनगरको आन्तरिक आम्दानी २३ करोड ३५ लाख
बसिरको उत्कृष्ट प्रदर्शनमा विराटनगरको रोमाञ्चक जित, कर्णालीको तेस्रो हार
बसिरको उत्कृष्ट प्रदर्शनमा विराटनगरको रोमाञ्चक जित, कर्णालीको तेस्रो हार
समाजवादी क्रान्ति र साम्राज्यवादबीच टक्कर सुरु भयो: दाहाल
समाजवादी क्रान्ति र साम्राज्यवादबीच टक्कर सुरु भयो: दाहाल
१८४ जना पर्यटकको उद्धार, ४२० जना अझै सम्पर्कविहीन
१८४ जना पर्यटकको उद्धार, ४२० जना अझै सम्पर्कविहीन