सिन्धुपाल्चोक भूकम्प : जिल्ला प्रशासन कार्यालयले निकाल्यो यस्तो विज्ञप्ति

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन १६, २०८१
|
|
१०८ पटक हेरिएको
Shares
सिन्धुपाल्चोक भूकम्प : जिल्ला प्रशासन कार्यालयले निकाल्यो यस्तो विज्ञप्ति

सारांश

  •  भूकम्पबाट मानवीय क्षति नभएको र भौतिक क्षति पनि सामान्य रहेको विज्ञप्तिमा उल्लेख छ।
  •   प्राप्त विवरण अनुसार भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारमा रहेका एक कैदी बन्दी घाइते भएको र उपचारपछि उनी डिस्चार्ज भएको विज्ञप्तिमा उल्लेख छ।
  • इलाका प्रहरी कार्यालय गोदारीको भवन चर्किएको छ।

१६ फागुन, काठमाडौँ – जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक भूकम्पको क्षति विवरणबारे विज्ञप्तिमार्फत जानकारी गराएको छ।  भूकम्पबाट मानवीय क्षति नभएको र भौतिक क्षति पनि सामान्य रहेको विज्ञप्तिमा उल्लेख छ।  प्राप्त विवरण अनुसार भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारमा रहेका एक कैदी बन्दी घाइते भएको र उपचारपछि उनी डिस्चार्ज भएको विज्ञप्तिमा उल्लेख छ।

इलाका प्रहरी कार्यालय गोदारीको भवन चर्किएको छ। भूकम्पका कारण भोटेकोसी गाउँपालिका–३ तुसारेस्थित दुगुनागढीमा सुख्खा पहिरो गएको छ।  जिल्ला स्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षा टोली बाहिर परिचालन गरिएको र अनुगमन कार्य भइरहेको कार्यालयले जानकारी दिएको छ।

हाल जिल्लाको अवस्था तथा जनजीवन सामान्य रहे पनि भूकम्पको असरले विभिन्न स्थानहरूमा सुख्खा पहिरो, सडक माथिबाट ढुङ्गा खस्ने जस्ता जोखिम हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन कार्यालयले आग्रह गरेको छ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बिहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर ६.१  म्याग्निच्युडको भूकम्प गएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालले अमेरिकाविरुद्धको टी-२० शृङ्खलामा क्लिन स्वीप गर्यो 
श्यामलालले पाँच दिनमा परिवारका तीन सदस्य गुमाए
श्यामलालले पाँच दिनमा परिवारका तीन सदस्य गुमाए
सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह
सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह
इजरायली आक्रमणमा शीर्ष हेजबुल्लाह कमान्डरको मृत्यु
इजरायली आक्रमणमा शीर्ष हेजबुल्लाह कमान्डरको मृत्यु
जलवायु परिवर्तनको असर न्यूनिकरणमा श्रममन्त्री भण्डारीको प्रतिवद्धता
जलवायु परिवर्तनको असर न्यूनिकरणमा श्रममन्त्री भण्डारीको प्रतिवद्धता
तीन दिन लगातार बढेको सुनको मूल्य आज घट्यो
तीन दिन लगातार बढेको सुनको मूल्य आज घट्यो
आज ३ संसदीय समितिका बैठक बस्दै
आज ३ संसदीय समितिका बैठक बस्दै
पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृ*त्यु
पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृ*त्यु
हेटौंडामा १५ दिनभित्र सडक सीमाभित्रका संरचना हटाउने अल्टिमेटम, कार्यान्वयनबारे भने शंका
हेटौंडामा १५ दिनभित्र सडक सीमाभित्रका संरचना हटाउने अल्टिमेटम, कार्यान्वयनबारे भने शंका
सोलुखुम्बु मालपोतका तत्कालीन खरिदार र नापीका अमिनसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोलुखुम्बु मालपोतका तत्कालीन खरिदार र नापीका अमिनसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...