शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक छ : उपप्रधानमन्त्री सिंह

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन १५, २०८१
|
|
२४ पटक हेरिएको
Shares
शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक छ : उपप्रधानमन्त्री सिंह

सारांश

  • बिहीबार ललितपुरमा नेपाल अंग्रेजी भाषा शिक्षक संघको २९औं अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पाठ्यक्रम विकास, शिक्षक तालिम र नीति पैरवीमार्फत शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास हुनुपर्ने बताए ।
  • विगतमा भन्दा अहिले शिक्षाको क्षेत्रमा धेरै सकारात्मक परिवर्तन आएको भन्दै उनले नेपालमै गुणस्तरीय शिक्षा लिनसक्ने अवस्था बन्नु सुखद् रहेको बताए ।
  • उनले शैक्षिक नीति सुधारमा अंग्रेजी भाषा नीति र अंग्रेजी भाषा शिक्षाको क्षेत्रमा योगदान गर्न पनि संघलाई आग्रह गरे ।

१५ फागुन,  ललितपुर — उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् । बिहीबार ललितपुरमा नेपाल अंग्रेजी भाषा शिक्षक संघको २९औं अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पाठ्यक्रम विकास, शिक्षक तालिम र नीति पैरवीमार्फत शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास हुनुपर्ने बताए ।

विगतमा भन्दा अहिले शिक्षाको क्षेत्रमा धेरै सकारात्मक परिवर्तन आएको भन्दै उनले नेपालमै गुणस्तरीय शिक्षा लिनसक्ने अवस्था बन्नु सुखद् रहेको बताए । उनले शैक्षिक नीति सुधारमा अंग्रेजी भाषा नीति र अंग्रेजी भाषा शिक्षाको क्षेत्रमा योगदान गर्न पनि संघलाई आग्रह गरे । ‘नयाँ शैक्षिक नीतिहरूको निर्माण, पाठ्यक्रम विकास, शिक्षक तालिम र नीति पैरवीमार्फत शिक्षाको गुणस्तर वृद्धि गर्नु सामूहिक प्रयास हुनुपर्छ भन्ने मेरो मत छ।

पाठ्यक्रम, सिकाई सामग्री, शिक्षण विधिमा निरन्तर सुधार सुनिश्चित गर्न हामीले शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयसँग हात मिलाएर नै काम गर्नुपर्छ,’ उपप्रधानमन्त्री सिंहले भने । सन् १९९२ मा स्थापना भएदेखि नै नेपालमा अङ्ग्रेजी भाषा शिक्षालाई अगाडि बढाउन एसोसिएसनले खेलेको भूमिकाको उपप्रधानमन्त्री सिंहले प्रशंसा गरे । आजबाट सुरु भएको सम्मेलन शनिवार सम्पन्न हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अस्पतालको बेडबाट शिक्षक आन्दोलनकी घाइते पत्रकार भन्छिन्- दाहिने आँखा हेर्नै मिल्दैन
अस्पतालको बेडबाट शिक्षक आन्दोलनकी घाइते पत्रकार भन्छिन्- दाहिने आँखा हेर्नै मिल्दैन
रविन्द्र मिश्रद्वारा दलीय राजनीतिबाट तत्कालका लागि विदा लिएको घोषणा
रविन्द्र मिश्रद्वारा दलीय राजनीतिबाट तत्कालका लागि विदा लिएको घोषणा
एनपीएल क्रिकेटमा आज चार टोली मैदान उत्रने
एनपीएल क्रिकेटमा आज चार टोली मैदान उत्रने
एनपीएलको अक्सन साउन २४ मा हुने, ४५८ खेलाडीले गराए नाम दर्ता
एनपीएलको अक्सन साउन २४ मा हुने, ४५८ खेलाडीले गराए नाम दर्ता
मोरङमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु
मोरङमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
गृहमन्त्री लेखकद्धारा हैजा संक्रमण उपचाररत विरामीको स्वास्थ्य अवस्थाबारे जानकारी
गृहमन्त्री लेखकद्धारा हैजा संक्रमण उपचाररत विरामीको स्वास्थ्य अवस्थाबारे जानकारी
सांसदले गरे समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
सांसदले गरे समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
गभर्नर नियुक्तिमा अनेकौँ चलखेल भइरहेकाे छ : प्रचण्ड
गभर्नर नियुक्तिमा अनेकौँ चलखेल भइरहेकाे छ : प्रचण्ड
मुख्यमन्त्री नियुक्ति विवाद : नेता–कार्यकर्ताबाट कर्मचारीमाथि कुटपिट
मुख्यमन्त्री नियुक्ति विवाद : नेता–कार्यकर्ताबाट कर्मचारीमाथि कुटपिट