रवि लामिछाने तारेखका लागि काठमाडौं जिल्ला अदालतमा
६ फागुन, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणको पहिलो तारेखका लागि उनी मंगलबार अदालत उपस्थित भएका हुन् ।
सो प्रकरणका काठमाडौं जिल्ला अदालतले उनलाई ६० लाख धरौटीमा रिहा गरेको थियो । सोही विचाराधीन मुद्दाको तारेखका लागि लामिछाने मंगलबार जिल्ला अदालत पुगेका हुन् । उनी पत्नि निकिता पौडेललाई लिएर अदालत पुगेका थिए ।





Post Comment