१२ दिनमा १३ लाख किशोरीले लगाए एचपीभी खोप

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन ४, २०८१
|
|
३२ पटक हेरिएको
Shares
१२ दिनमा १३ लाख किशोरीले लगाए एचपीभी खोप

सारांश

  • अभियान सुरु भएको १२ दिनमा १३ लाख किशोरीले एचपीभी खोप लगाएका छन्।
  • अभियानको १२औँ दिन शनिबारसम्म उल्लिखित परिमाणमा किशोरीहरुले खोप प्राप्त गरेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख डा.
  • विवेककुमार लालले जानकारी दिए ।

 

 

४ फागुन,  काठमाडौं । अभियान सुरु भएको १२ दिनमा १३ लाख किशोरीले एचपीभी खोप लगाएका छन्।अभियानको १२औँ दिन शनिबारसम्म उल्लिखित परिमाणमा किशोरीहरुले खोप प्राप्त गरेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख डा. विवेककुमार लालले जानकारी दिए ।

अभियानमा खटिने स्वास्थ्यकर्मी, स्वयंसेवक, विद्यालय लगायत सबैको यो उलब्धि प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताए । उनले सबैलाई धन्यवाद ज्ञापन समेत गरे। माघ २२ गते सुरु भएको अभियान फाल्गुन १६ गतेसम्म चल्नेछ।

अभियानका क्रममा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र १० देखि १४ वर्षका किशोरीहरुलाई स्थानीय तहमा रहेका केन्द्रहरुमार्फत खोप प्रदान गरिएको छ। अब बाँकी अवधिमा छुटेकाको पहिचान गरी खोप प्रदान गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?