अर्थसहित संसदका ८ समितिको बैठक बस्दै
३० माघ, काठमाडौं।
संघीय संसद अन्तर्गतका ८ वटा समितिको बैठक बस्दैँछ । संसद सचिवालयका अनुसार ती सबै समितिका बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछन् । जसअनुसार अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता माननीय सदस्यहरुसँग छलफल हुनेछ । बैठक बिहान ११ः०० बजेबाट सुरू हुदैँछ । बिहान ११ः३० बजेवाट सुरू हुने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा भने माउण्ट एभरेष्ट ब्रुअरी प्रालिमा कार्यरत श्रमिकहरूको पारिश्रमिक सम्बन्धमा छलफल हुने जनाइएको छ ।
उता, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा समितिको आगामी कार्यक्रम तथा समसामयिक विषयका सम्बन्धमा छलफल गरिनेछ, सो बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ। समितिको आगामी अनुगमन भ्रमण तथा कार्यक्रम सम्बन्धमा छलफल गरिनेछ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पुरानै अजेन्डा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथिको दफावार छलफल जारी रहनेछ ।
बैठक अपरान्ह १२ः१५ बजेबाट सुरू हुने जनाइएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुनेछ। बैठक दिउँसो १ः३० बजे बोलाइएको छ । साथै, विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै अजेन्डा नेपाल कानून व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयक, २०८१ मा मस्यौदा प्रतिवेदनउपर छलफल हुनेछ ।
बैठक दिउँसो १ः०० बजेबाट सुरु हुनेछ । बिहान ११ः३० बजे बोलाइएको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भने विद्यमान निर्वाचन प्रणाली र यसका विकल्पहरुका बारेमा छलफल हुने सबन्धित समितिले जनाएको छ ।
Post Comment