न्याय परिषद् सदस्यमा दामोदर खड्का नियुक्त
२१ माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सदस्यमा दामोदर खड्कालाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (ङ) बमोजिम नेपाल बार एशोसिएशनको सिफारिस अनुसार खड्लाई नियुक्त गरेका हुन् ।
यसअघि खड्काको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको थियो । खड्का बरिष्ठ अधिवक्ता हुन् । नेपाल बार एशोसियसनबाट सिफारिस भएका सदस्य रामप्रसाद श्रेष्ठले अवकाश पाएपछि एउटा सदस्य पद रिक्त थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment