सेयर बजारको अंकसँगै घट्यो कारोबार रकम

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ १०, २०८१
|
|
४२ पटक हेरिएको
Shares
सेयर बजारको अंकसँगै घट्यो कारोबार रकम

सारांश

  • साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्सेसँगै कारोबार रकम घटेको छ ।
  • अघिल्लो दिनको तुलनामा आज नेप्से ११.
  • १० अंक घटेको हो ।

१० माघ, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्सेसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से ११.१० अंक घटेको हो । सो अंकको गिरावटपछि नेप्से २६५४ अंकमा कायम भएको छ । त्यस्तै कारोबार रकम ७ अर्ब ८५ करोडमा खुम्चिएको छ । अघिल्लो दिन ९ अर्ब २० करोडको भएको थियो ।

८६ कम्पनीको मूल्य बढ्दा १५० को घट्यो भने ७ को स्थिर रह्यो । विकास बैंक समूह ०.८३ प्रतिशत बढ्यो भने उत्पादन समूह स्थिर रह्यो ।बैंकिङ ०.६१, फाइनान्स २.४३, होटल तथा पर्यटन ०.७८, हाइड्रोपावर ०.५५, जीवन बीमा ०.०१, लगानी ०.७९, माइक्रोफाइनान्स ०.०१, निर्जीवन बीमा ०.७३, अन्य ०.३५ र व्यापार समूह ०.२३ प्रतिशत घटे । ३ कम्पनी सामुदायिक लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक र सिक्लेस हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । सप्तकोशी विकास बैंकको ९.८९, धौलागिरि लघुवित्तको ९.८४, नारायणी डेभलपमेन्टको ८.४६,

दोल्ती पावरको ८.१०, युनाइटेड इदी मर्दीको ७.४० तथा सपोर्ट माइक्रोफाइनान्सको ६.९३ प्रतिशत मूल्य बढ्यो । सुपर मादी र मन्दाकिनी हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । जानाकी फाइनान्सको ७.४७, पोखरा फाइनान्सको ५.७४ तथा नेपाल फाइनान्सको ४.७४ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा सप्तकोशी विकास बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर, युनाइटेड इदी मर्दी, सिन्धु विकास बैंक र हिमालयन रिइन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिलोत्तमाको रेस्टुरेन्टमा काम गर्ने एक युवती झुण्डिएको अवस्थामा मृत फेला
तिलोत्तमाको रेस्टुरेन्टमा काम गर्ने एक युवती झुण्डिएको अवस्थामा मृत फेला
सर्लाहीमा बोलेरोबाट २४४ किलो गाँजा बरामद, एक युवक पक्राउ।
सर्लाहीमा बोलेरोबाट २४४ किलो गाँजा बरामद, एक युवक पक्राउ।
रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय
रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय
मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु
मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु
कांग्रेस संसदीय दलको बैठक आज पनि
कांग्रेस संसदीय दलको बैठक आज पनि
राजसंस्था, हिन्दु धर्म, प्रदेश संरचना र प्रत्यक्ष कार्यकारीबारे जनमत संग्रह गर्नुपर्छः दुर्गा प्रसाईं
राजसंस्था, हिन्दु धर्म, प्रदेश संरचना र प्रत्यक्ष कार्यकारीबारे जनमत संग्रह गर्नुपर्छः दुर्गा प्रसाईं
सवारी आयातमा नेपालको भूगोल र सडक अवस्थालाई ध्यान दिनुपर्छ : आईजीपी कार्की
सवारी आयातमा नेपालको भूगोल र सडक अवस्थालाई ध्यान दिनुपर्छ : आईजीपी कार्की
हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा
हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा
सुनसरी गोली प्रहार घटना, तीनजना पक्राउ
सुनसरी गोली प्रहार घटना, तीनजना पक्राउ
च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा भारत र अस्ट्रेलिया खेल्दै
च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा भारत र अस्ट्रेलिया खेल्दै